कांग्रेस प्रदेश २ अधिवेशन : मतदान गर्ने विषयमै विवाद « Khabarhub

कांग्रेस प्रदेश २ अधिवेशन : मतदान गर्ने विषयमै विवाद


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कांग्रेस प्रदेश २ अधिवेशनमा निर्वाचनको विषयमा विवाद हुँदा अझै मतदान प्रक्रिया सुरु हुन सकेको छैन । निर्वाचन कार्यतालिकाअनुसार बुधबार मतदान गर्ने भनिए पनि अझै सुरु हुन सकेको छैन ।

सभापतिका दुई प्रत्यासी कृष्ण यादव र रामसरोज यादवका समर्थकबीच मतदान बुधबार गर्ने कि बिहीबार गर्ने भन्ने विषयमा विवाद हुँदा मतदान प्रक्रिया सुरु हुन नसकेको हो । कृष्ण पक्षधरले बुधबार नै मतदान गर्ने भने पनि रामसरोज पक्षधरले बिहीबार गर्ने बताएपछि मतदान प्रक्रिया सुरु हुन नसकेको हो । यस विषयलाई दुवै पक्षबीच सामान्य झडप पनि भएको छ ।

७२ सदस्य प्रदेश समितिको लागि १७४ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेश निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावलीअनुसार ७२ पदका लागि १७४ जनाको उम्मेदवारी परेको हो । ६ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रदेश सभापतिका लागि देउवा समूहबाट रौतहटका जिल्ला सभापति कृष्ण यादव र निधि–कोइराला समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले उम्मेदवारी दिएका छन् ।

दुई उपसभापतिका लागि पाँच जनाको उम्मेदवारी परेको छ । देउवा समूहबाट वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर कुमार यादव र निधी–कोइराला समूहबाट धनलाल ठोकर र विनोदकुमार खनालले उम्मेदवारी दिएका हुन् । रामाधार प्रासद यादव भने स्वतन्त्र रूपमा उपसभापतिका लागि उम्मेदवारी दिएका हुन् ।

दुई महामन्त्रीका लागि पनि पाँच जनाको उम्मेदवारी परेको छ । निधि–कोइराला समूहबाट नरेश यादव र हरेश महतो र देउवा समूहबाट बृहस्पति कृष्ण श्रेष्ठ र उपेन्द्र कुमार यादवले उम्मेदवारी दिएका हुन् । विनोद चौधरी स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

दुई सहमहामन्त्रीका लागि देउवा समूहबाट जयनारायण यादव र परशुराम चौधरी तथा निधी–कोइराला समूहबाट अरविन्द अमात्य र विनोद यादवले उम्मेदवारी दिएका छन् ।

महिलातर्फ एक सहमहामन्त्रीका लागि देउवा समुहबाट रीता यादव र निधि–कोइराला समूहबाट निर्मला सुवेदीले उम्मेदवारी दिएकी छिन् । त्यस्तै सहमहमन्त्री खुलाबाट दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रदेश सदस्य खुलामा १४ पदका लागि ५० जना, प्रदेश सदस्य महिला सात पदका लागि १२ जना, प्रदेश सदस्य खुला प्रत्येक जिल्लाबाट आठ पदका लागि १५ जना, प्रदेश सदस्य प्रत्येक जिल्लाबाट महिला आठ पदका लागि ११ जना, प्रदेश सदस्य खस आर्य एक पदका लागि चार जना, प्रदेश सदस्य आदिवासी जनजाति खुला एक पदका लागि तीन, प्रदेश सदस्य मधेशी खुला सात पदका लागि १६, प्रदेश सदस्य मधेशी महिला ६ पदका लागि १२ जना, प्रदेश सदस्य दलित खुला तीन पदका लागि १० जना, प्रदेश सदस्य दलित महिला दुई पदका लागि पाँच, प्रदेश सदस्य खुला थारू एक पदका लागि दुई र प्रदेश सदस्य महिला थारू एक पदका लागि दुई जना, प्रदेश सदस्य मुस्लिम खुला दुई पदका लागि पाँच जना र प्रदेश सदस्य मुस्लिम महिला एक पदका लागि तीा र प्रदेश सदस्य अल्पसंख्यक अपांग एक पदका लागि चार जनाको उम्मेदवारी परेको हो ।

 

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ६ : २७ बजे

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा

काठमाडौं- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती