मलेसियामा बाढीबाट २७ को मृत्यु, ७० हजार जना विस्थापित « Khabarhub

मलेसियामा बाढीबाट २७ को मृत्यु, ७० हजार जना विस्थापित


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्वाललम्पुर– मलेसियामा हालै आएको बाढीबाट कम्तीमा पनि २७ जनाको ज्यान गएको छ । सो बाढीमा परी अरु ७० हजार जना विस्थापित भएका बताइएको छ ।

अल जजिराका अनुसार बाढीबाट सबैभन्दा धेरै सेलंगार राज्य प्रभावित भएको छ । सो राज्यमा बाढीका कारण कम्तिमा २० जनाको मृत्यु भएको छ । यस्तै पेहांग राज्यमा ७ जनाको मृत्यु भएको छ ।

हालै मलेसियामा आएको बाढीले धेरै नागरिक प्रभावित भएका समाचारमा उल्लेख गरिएको छ ।

मंगलबार यहाँ ९ जनाको ज्यान गएको बताइएको हो । बाढीमा परी हराइरहेका उनीहरुको शव भेटिएको यहाँका उद्धार सम्बन्धी अधिकारीहरुले जानकारी दिएका छन् ।

यहाँका सात राज्यमा नै बाढीले क्षति भएको छ । बाढीका कारण यहाँका आधारभूत सेवामा पनि क्षति पुगेको बताइएको छ । क्षतिको विस्तृत विवरण आइन नसकेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । एजेन्सी

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  १० : ५५ बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता