फ्रेन्च लिग : एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजीको जित « Khabarhub

फ्रेन्च लिग : एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजीको जित


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित हात पारेको छ ।

स्टार खेलाडीहरू चम्किएको शुक्रबार रातिको खेलमा शीर्ष स्थानको पीएसजीले मोन्टरपिलरलाई ४-० को शानदार जित हात पार्‍यो ।

१९औँ मिनेटमा ओम्लिनी सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित मोन्टपिलरविरूद्ध एम्बाप्पे, नेयमार र आइकार्डीले गोल गरे ।

एमबाप्पेले ३४औँ र ६३औँ मिनेटमा दुई गोल गरे भने नेयमारले ६०औँ तथा आइकार्डीले ६१औँ मिनेटमा गोल गरे ।

जितपछि पीएसजीले शीर्ष स्थानमा ३ अंकको स्पष्ट अग्रता लिएको छ । पीएसजीको २१ खेलबाट ४५ अंक भएको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ६ : ०५ बजे

विभाजन होइन, कांग्रेसको एकताका लागि अघि बढिरहनेछु : डा. कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबारे भिडियो

एमालेका केन्द्रीय सदस्यहरू प्रादेशिक रुपमा चुनावी रणनीति बनाउँदै 

काठमाडौं– केन्द्रीय कमिटीको बैठकमा भाग लिन आएका नेकपा एमालेका केन्द्रीय

स्याङ्जाको तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता

वालिङ– स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता

किराती–साम्पाङ भेटवार्ता सकारात्मक, दुवै सुनसरी–१ बाट उठ्ने तयारीमा

धरान– पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी अध्यक्ष परिषद्का सदस्य सुदन

पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी

चौतारा– यहाँको भोटेकोसी गाउँपालिकाको लिस्तिकोटस्थित यार्मासिङ गाउँमा रहेको ऐतिहासिक युद्धकिल्ला