फ्रेन्च लिग : एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजीको जित « Khabarhub

फ्रेन्च लिग : एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजीको जित


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित हात पारेको छ ।

स्टार खेलाडीहरू चम्किएको शुक्रबार रातिको खेलमा शीर्ष स्थानको पीएसजीले मोन्टरपिलरलाई ४-० को शानदार जित हात पार्‍यो ।

१९औँ मिनेटमा ओम्लिनी सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित मोन्टपिलरविरूद्ध एम्बाप्पे, नेयमार र आइकार्डीले गोल गरे ।

एमबाप्पेले ३४औँ र ६३औँ मिनेटमा दुई गोल गरे भने नेयमारले ६०औँ तथा आइकार्डीले ६१औँ मिनेटमा गोल गरे ।

जितपछि पीएसजीले शीर्ष स्थानमा ३ अंकको स्पष्ट अग्रता लिएको छ । पीएसजीको २१ खेलबाट ४५ अंक भएको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ६ : ०५ बजे

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति