मुलुकभर पश्चिमी वायुको प्रभावले वर्षाको पूर्वानुमान, तराईमा बाक्लो हुस्सु « Khabarhub

मुलुकभर पश्चिमी वायुको प्रभावले वर्षाको पूर्वानुमान, तराईमा बाक्लो हुस्सु


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको असर हटेको दुई सातापछि मुलुकभर फेरि पश्चिमी वायुको प्रभाव परेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले  सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ ।

यस्तै तराईका अधिकांश जिल्लाहरूमा बाक्लो हुस्सु लागेको महाशाखाले जनाएको छ ।

आज र भोलि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एकाध स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ महाशाखाले जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

आगामी २४ घण्टा देशको उच्च हिमाली भू-भागका  एकाध  स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तराईका  केही स्थानहरुमा बिहानीपख  हुस्सु् लाग्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

माघ १० गते (शनिबार)

दिउँसो :  सुदूरपश्चिम, कर्णाली, र गण्डकी  प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश-१ र  बागमती   प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।

राति : सुदूरपश्चिम, कर्णाली, र गण्डकी  प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश १ र  बागमती   प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

माघ ११ गते (आइतबार)

दिउँसो :  देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र प्रदेश- १ को पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति : देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

माघ १२ गते (सोमबार)

दिउँसो :  प्रदेश-१ र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : प्रदेश-१ को पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ७ : २० बजे

महामन्त्रीको दौडबाट जगदीश खरेल पनि पछि हटे, अब आठ जना प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री

आमा बन्दै सामन्था रुथ प्रभु, फिल्मबाट केही समय विश्राम लिने घोषणा

काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले

महामन्त्रीको दौडबाट पछि हटे कवीन्द्र बुर्लाकोटी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कवीन्द्र

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची– डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवर्द्धन गर्न ६० हजार

लगातार तीन दिनदेखि घटेको सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– लगातार तीन दिनदेखि घटिरहेको सुनको मूल्य आज भने बढेको