संयुक्त आन्दोलन निर्माणका लागि पूर्वप्रधानमन्त्रीहरूलाई भेटेको हुँ : डा.बाबुराम भट्टराई | Khabarhub Khabarhub

संयुक्त आन्दोलन निर्माणका लागि पूर्वप्रधानमन्त्रीहरूलाई भेटेको हुँ : डा.बाबुराम भट्टराई


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  उपराष्ट्रपति निवासमा प्रचण्डसँग गोप्य भेटवार्ता गरेको विषय सार्वजनिक भएलगत्तै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले त्यसबारे मुख खोलेका छन् ।

जनता समाजवादी पार्टीका नेतासमेत रहेका भट्टराईले प्रतिगमनविरुद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयासस्वरुप आफूले राजनीति भेटघाट गरेको बताएका हुन्।

शुक्रबार अबेर ट्वीट गर्दै भट्टराईले आफूले पूर्वप्रधानमन्त्री तथा दलका नेताहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरुसँग भेटघाट गरेको जनाएका हुन् । यस्ता भेटलाई निरन्तरता दिने पनि उनले बताएका छन् ।

‘अहिले प्रत्येक जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वार्थभन्दा माथि उठ्ने बेला आएको छ,’ उनले ट्वीटमा भनेका छन्,’यसै क्रममा मैले ओली प्रतिगमनविरूद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयास स्वरूप पूर्वप्रम र दलका नेताहरू शेरबहादुर देउवा, माधव नेपाल, प्रचण्ड लगायत अन्य नेताहरूसंग भेटघाट गरेको हुँ। गर्दैरहनेछु!’

उनले यो ट्वीट गरेको दुई घण्टापछि फेरि अर्को ट्वीट गर्दै संयुक्त आन्दोलनको अपिल पनि गरेका छन् ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ९ : ३० बजे

तेहरान छाड्न आफ्ना नागरिकलाई भारतको अनुरोध

काठमाडौं – भारतले इरानको राजधानी तेहरानमा भएका आफ्नो नागरिकलाई त्यो

‘स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाऔँ’

काठमाडौं– काठमाडौं उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्रको वायु

सिरहामा पाँच वर्षमा खानेपानी आयोजना सम्पन्न

सिरहा– सिरहाको धनगढीमाई नगरपालिका– १३ स्थित डावर र नैनपुरटोलमा खानेपानी

सङ्घ र प्रदेशको अधिकार विवादले वन मुद्दा फर्छ्यौटमा सकस

पर्सा– डिभिजन वन कार्यालय पर्सामा २०७७ साल चैत १० गते

क्लब विश्वकप : अर्जेन्टाइन टोली रिभर प्लेट विजयी

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको