आफूलाई किन ‘म्यारिड ब्याचलर’ भन्थे मिथुन ? « Khabarhub

आफूलाई किन ‘म्यारिड ब्याचलर’ भन्थे मिथुन ?


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बलिउड अभिनेता मिथुन चक्रवर्ती ८० को दशकका सुपरस्टार हुन् ।

फिल्म ‘प्यार झुकता नहीं’को सफलतापछि उनलाई अमिताभ बच्चनपछिको नयाँ सुपरस्टार भन्न थालियो । त्यो समयमा उनले एकैपटक ३६ वटा फिल्म साइन गरेका थिए । वर्षमा उनको १० देखि १२ फिल्म रिलिज हुन्थ्यो । यी सबै फिल्ममा एक्सन, नृत्यसँगै इमोसन थिए ।

फिल्म ‘प्यार झुकता नहीं’को सफलतापछि मिथुनलाई एक अन्तरवार्तामा ‘तपाईंको सफलताको श्रेय कसलाई दिनुहुन्छ ?’ भनी सोधिएको थियो । उनले ‘भाग्य’ उत्तर दिए । बिना भाग्य जतिसुकै प्रतिभावान कलाकार फिल्म उद्योगमा टिक्न नसक्ने उनको बुझाइ थियो ।

मिथुनको पहिलो फिल्म ‘मृगया’ थियो, जुन आर्ट फिल्म थियो । यसपछि उनी दुई वर्ष बेरोजगार भए । दुई वर्षपछि मात्र उनले लगातार फिल्म पाउन थाले, कतिपय फिल्म हिट भए । त्यो समयमा मिथुनको विवाह योगिता बालीसँग भएको थियो । उनीहरुको एक छोरा पनि थियो ।

तर मिथुनको नजर ‘जाग उठा इनसान’ को स्टार श्रीदेवीमाथि पर्‍यो । तर, श्रीदेवीलाई मिथुनको प्रेम र विवाहको बारेका केही थाहा थिएन । उनले जब यो कुरा थाहा पाइन्, त्यसपछि मिथुनको साथ छोडिन् ।

मिथुनको भने श्रीदेवीप्रतिको प्रेम उस्तै थियो । उनी आफूसँग काम गरेका अभिनेत्रीहरुसँग जोडिन चाहन्थे । चाहे त्यो रन्जीता होस् या पद्मिनी कोल्हापुरे । उनी आफू सबै अभिनेत्रीहरुसँग प्रेम गर्ने भए पनि आफ्नो नियत राम्रो रहेको बताउँथे । त्यहीकारण उनी आफूलाई ‘म्यारिड ब्याचलर’ मान्थे ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ११ : ३० बजे

मकैबारीमा मृत गैँडा भेटियो

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१ लोकहा स्याउलीमा एउटा

अनौपचारिक शिक्षा तथ्यांक एकीकृत गरिँदै

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत

ट्रम्पलाई गुलाफको बीउ उपहार पठाउँदै राष्ट्रपति सी

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

नेपालगञ्ज– पछिल्ला वर्षमा नेपालगञ्जको स्वरूप उल्लेख्य रूपमा बदलिएको छ ।