विश्वकपमा मेसीको ह्याट्रिकले रोनाल्डोको रेकर्ड तोडियो « Khabarhub

विश्वकपमा मेसीको ह्याट्रिकले रोनाल्डोको रेकर्ड तोडियो

मेसी बने विश्वकपकै सबैभन्दा पाका ह्याट्रिककर्ता


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


924
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सन् २०२२ को कतार विश्वकप जितेपछि कप्तान लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट किन संन्यास लिएनन् भन्ने प्रश्न गर्नेहरूका लागि उनले मैदानबाटै कडा जवाफ दिएका छन् । आफ्नो ३९ औँ जन्मदिन मनाउन ठीक एक साता बाँकी रहँदा मेसीले बुधबार बिहान फिफा विश्वकपको समूह ‘जे’ को पहिलो खेलमा अल्जेरियाविरुद्ध सानदार ह्याट्रिक गर्दै आफ्नो पुरानो लयलाई पुनः मैदानमा उतारे ।

यो प्रदर्शनसँगै उनले आफ्ना चिरपरिचित प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोको एउटा ठूलो कीर्तिमान समेत आफ्नो नाममा गरेका छन् । मेसी विश्वकप इतिहासमै ह्याट्रिक गर्ने सबैभन्दा पाको खेलाडी बनेका छन्, जुन रेकर्ड यसअघि रोनाल्डोको नाममा थियो ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा अर्जेन्टिनालाई ३–० को सानदार जित दिलाउने क्रममा मेसीले देशका लागि ऐतिहासिक २०० औँ खेल खेल्दै विश्वकप इतिहासमै आफ्नो पहिलो ह्याट्रिक पूरा गरे ।

यस ऐतिहासिक प्रदर्शनसँगै आठ पटकका ब्यालोन डी’ओर विजेता मेसीले विश्वकप इतिहासमा आफ्नो गोल सङ्ख्या १६ पुर्‍याउँदै जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोजको सर्वकालीन कीर्तिमान बराबरी गरेका छन् । अब मेसी विश्वकप इतिहासकै सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा उक्लिएका छन् ।

चार वर्षअघि अर्जेन्टिनालाई विश्वको शिखरमा पुर्‍याएपछि पनि अन्तर्राष्ट्रिय फुटबल खेलिरहने मेसीको निर्णयमाथि धेरै चर्चा भएका थिए । तर, यस खेलले उनी यस पटकको विश्वकपमा केवल संख्या बढाउन मात्र नभई अर्जेन्टिनालाई चौथो पटक विश्वविजेता बनाउने दृढ संकल्पका साथ मैदान उत्रिएको प्रमाणित गरेको छ ।

विश्वकपको इतिहासमा साविक विजेताका रूपमा मैदान उत्रिँदा अर्जेन्टिनाले आफ्नो पहिलो खेल जितेको यो पहिलो पटक हो । यसअघि सन् १९८२ र १९९० मा डिफेन्डिङ च्याम्पियनका रूपमा खेल्दा अर्जेन्टिना पहिलो खेलमै पराजित भएको थियो । त्यस्तै, मेसी विश्वकपका छ वटा फरक संस्करण खेल्ने विश्वकै पहिलो खेलाडी समेत बनेका छन् ।

खेलको १७ औँ मिनेटमा मेसीले इन्टर म्यामीका सहकर्मी रोड्रिगो डे पउलको पासमा २५ यार्ड टाढाबाट उत्कृष्ट कर्लिङ सटमार्फत अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । फ्रान्सेली फुटबल लेजेन्ड जिनेदिन जिदानका छोरा तथा अल्जेरियाका गोलरक्षक लुका जिदानले मेसीको उक्त प्रहारलाई रोक्न सकेनन् । खेलको ६० औँ मिनेटमा अलेक्सिस म्याक अलिस्टरको कडा प्रहारलाई गोलरक्षक जिदानले नियन्त्रणमा लिन नसक्दा रिबाउन्ड भएको बललाई मेसीले आफ्नो दायाँ खुट्टाले पोस्टको दिशा दिँदै अग्रता दोब्बर बनाए ।

खेलको ७६ औँ मिनेटमा निकोलस गोन्जालेजको पासमा डिबक्सको किनाराबाट मेसीले शक्तिशाली सटमार्फत गोल गर्दै आफ्नो कीर्तिमानी ह्याट्रिक पूरा गरे ।

अब आगामी सोमबार अर्जेन्टिनाले समूह चरणको आफ्नो दोस्रो खेलमा अस्ट्रियाको सामना गर्नेछ । क्लोजको कीर्तिमान बराबरी गरिसकेका मेसीले अस्ट्रियाविरुद्ध गोल गर्दै विश्वकप इतिहासकै एकल शीर्ष गोलकर्ता बन्ने पूर्ण सम्भावना रहेकाले आगामी सोमबार पुनः सम्पूर्ण फुटबल विश्वको नजर मेसीकै प्रदर्शनमा रहनेछ ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ९ : ५१ बजे

कोशीमा पनि टुट्दै एमाले-ग्रेस गठबन्धन, मुख्यमन्त्री कार्की संकटमा

काठमाडौं– कोशी प्रदेशमा पनि नेकपा एमाले र नेपाली कांग्रेसबीचको गठबन्धन

मन्त्रिपरिषद्का सात निर्णय : मिटरब्याजपीडितसँग वार्ता टोली गठनदेखि नयाँ सिक्का टक्मरीसम्म

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मिटरब्याज (अनुचित लेनदेन)

वालेन्द्रलाई राजेन्द्रले भने : गणतन्त्र र संघीयता भत्काउन तयार भए सरकारलाई सघाउँछौँ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष

सुकुम्वासीको सामान साढे दुई महिनादेखि दशरथ रंगशालामा अलपत्र (तस्बिरहरू)

काठमाडौं– सरकारले गत वैशाखमा काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्वासी

रूस–युक्रेन द्वन्द्व चर्कियो, ड्रोन र क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु

काठमाडौं– रूस र युक्रेनबीच जारी युद्धका क्रममा बिहीबार भएका ड्रोन