‘लहरोस चन्द्र सूर्य झण्डा’मा बुनु « Khabarhub

‘लहरोस चन्द्र सूर्य झण्डा’मा बुनु


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायिका बुनु श्रेष्ठको स्वरमा रहेको गीत ‘लहरोस चन्द्र सुर्य झण्डा’ को भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा डा. गोविन्द टन्डनको शब्द तथा राजनराज सिवाकोटीको संगीत रहेको छ ।गीतमा साहस शाक्यको एरेन्ज छ ।

देशप्रेमले भरिपूर्ण गीतमा गायिका बुनु श्रेष्ठ नै फिचर्ड छिन् । गायिका श्रेष्ठले दुःख सुखमा कहिले आफ्नो देशलाई भुल्न नसकिने भन्दै विश्वमा जहाँ भए पनि देशको गुन भुल्न नहुने भन्दै गीत मार्फत सन्देश दिन खोजेको बताइन् ।

अनिल कटवालको छायांकन तथा सम्पादन रहेको भिडियोमा बिनुप सुनुवारको कोरियोग्राफी रहेको छ । भिडियोमा गायिका बुनु श्रेष्ठकै निर्देशन छ । स्टुडियो साउण्ड मिलको अफिसियल युटयुब च्यानलमार्फत सार्वजनिक गीतमा महेश्वरमान राजभण्डारीको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  १ : ५९ बजे

बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी

नेपालगञ्ज– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिएका

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

पार्टीको घोषणापत्रमा ऊर्जालाई विशेष प्राथमिकता राख्न निजी क्षेत्रको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा विकासका

बाल सुधारगृहका समस्या समाधानका लागि गृहमन्त्री र बालबालिका मन्त्रीबीच छलफल

काठमाडौं– सानोठिमी भक्तपुरमा रहेको बाल सुधारगृहमा गए राति भएको झडपपछि बालगृहमा

शुक्लाफाँटामा जलपन्छीको सङ्ख्या बढ्यो

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका सिमसार क्षेत्रमा यस वर्ष जलपन्छीको