गृहजिल्ला जाँदै गरेका खेलकुद मन्त्री तामाङलाई बाटैमा अवरोध | Khabarhub Khabarhub

गृहजिल्ला जाँदै गरेका खेलकुद मन्त्री तामाङलाई बाटैमा अवरोध


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहजिल्ला सिन्धुपाल्चोक हिँडेका युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई बाटोमै अवरोध भएको छ ।

कार्यकर्ता भेलाको सम्बोधनका लागि भन्दै गृहजिल्ला सिन्धुपाल्चोक जाँदै गरेका मन्त्री तामाङलाई इन्द्रावती गाउँपालिका ४ टाकुरेमा स्थानीयले बीच बाटोमै रूख ढालेर मेलम्चीबाट प्रवेश गर्नमा रोक लगाइएको छ।

बाटोमा अवरोध भएपछि मन्त्री तामाङ ४ घण्टादेखि मेलम्ची बजारमै रोकिएका छन्। मन्त्री तामाङ इन्द्रावती गाउँपालिका ५ स्थित ऐँसेलुखर्क कार्यकर्ता भेलामा सहभागी हुन हिँडेका हुन्।

नेपाल कम्युनिस्ट पार्टी नेकपा अनौपचारिक विभाजन भइसकेपछि मन्त्री तामाङ प्रधानमन्त्री केपी शर्मा ओलीको कित्तामा पुगेका छन्। उनी गृहमन्त्री रामबहादुर थापा बादल निकटका हुन्।

सिन्धुपाल्चोकमा नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको पकड छ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  १ : ४७ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड