‘प्रचण्ड–माधव’प्रति मुख्यमन्त्री पोखरेलको ब्यंग्य : हल्लिएका दाँत फुक्लिएपछि नयाँ पलाउँछ « Khabarhub

‘प्रचण्ड–माधव’प्रति मुख्यमन्त्री पोखरेलको ब्यंग्य : हल्लिएका दाँत फुक्लिएपछि नयाँ पलाउँछ


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्ड र माधव नेपालले पदीय स्वार्थकै कारण पार्टी विभाजन गरेको आरोप लगाएका छन्।

उनले ‘प्रचण्ड-माधव’ समूहप्रति लक्षित गर्दै हल्लिएको दाँतको संज्ञा दिए । उनले भने, ‘हल्लिएका दाँत फुक्लिएपछि नयाँ पलाउँछ ।’

उनले व्यक्तिका लागि नभई अब राष्ट्रका निम्ती पार्टी एकता प्रक्रिया अगाडि बढ्ने पनि उनले बताए।

शनिबार तानसेनमा भएको ओली पक्षीय नेकपाको अगुवा कार्यकर्ता भेला र जिल्ला युवा भेला तथा प्रशिक्षण कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन्।

प्रचण्ड र माधव नेपालले एकताभित्र गुटबाद जन्माएपछि पार्टीको अवस्था यो हालतमा पुगेको पोखरेलले दाबी गरे।

ओलीपक्षीय नेतासमेत रहेका उनले राष्ट्रलाई नभई आफूलाई हेरेर एकता गरेका कारण मुलुकको राष्ट्रिय राजनीति संकटउन्मुख भएको बताए।

प्रधानमन्त्री ओलीले नेकपाको कार्यकारी अध्यक्ष पदबाट प्रचण्डलाई नहटाएको उनले बताए। ‘अझै पनि प्रचण्ड अध्यक्ष नै हुनुहुन्छ’, उनले भने, ‘गल्ती स्वीकार गरेर माफी मागे पदअनुसार कार्यकारी अधिकार पाउनुहुन्छ।’

 

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ८ : २३ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था