पदीय लोभकै कारण ‘दाहाल–नेपाल’ समूहले मुलुकलाई संकटतर्फ धकेले : मन्त्री साह « Khabarhub

पदीय लोभकै कारण ‘दाहाल–नेपाल’ समूहले मुलुकलाई संकटतर्फ धकेले : मन्त्री साह


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले ‘दाहाल–नेपाल’ समूहको पदीय लोभकै कारण मुलुकमा संकट निम्तिएको आरोप लगाएका छन ।

शनिबार रौतहट सदरमुकाम गौरमा नेकपा क्षेत्रीय कमिटीद्वारा आयोजित भेलालाई सम्बोधन गर्दै नेता साहले दाहाल-नेापल समूहले अध्यक्ष र प्रधानमन्त्री पदका लागि पार्टीमाथि नै अन्तर्घात गरी देशलाई संकटतर्फ धकेलेको आरोप लगाएका हुन।

‘कसैलाई उधारो हैन नगदी अध्यक्ष पदको ख्वाबमा, कोही प्रधानमन्त्री पदको स्वार्थमा अन्तर्घातमाथि अन्तर्घात गर्दै देशमा संकट निम्त्याए। यी अस्थिरतावादीहरुबाट देशलाई जोगाउन चुनाव घोषणा गरिएको हो,’ नेता साहले भने, ‘आगामी वैशाख १७ र २७ गते हुने चुनावबाट यस्ता अन्तर्घातीलाई निस्तेज गर्नुपर्छ। कमरेडहरु चुनावको तयारीमा लाग्नुस्।’

नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका नेता साहले चुनाव तोकिएकै मितिमा हुने दाबी गर्दै नेता तथा कार्यकर्तालाई तयारीमा जुट्न आग्रह गरे ।

चुनावबाट आफ्नो पत्तासाफ हुने डरले दाहाल-नेपाल समूह आत्तिएर निर्वाचन आयोग र स्वतन्त्र न्यायालयमाथि दबाब दिन षड्यन्त्र गरिरहेको समेत आरोप लगाए ।

ताजा जनादेशमार्फत देशलाई अग्रगमनतर्फ लैजान वर्तमान सरकारले जुनसुकै हालतमा चुनाव गर्ने बताए ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ९ : ०५ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी