गीताको सुन्दरताको बयान गर्दा अमिताभको आलोचना « Khabarhub

गीताको सुन्दरताको बयान गर्दा अमिताभको आलोचना


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– ‘यति सुन्दर यिनको, इकोनोमीसँग कोही जोडिनै सक्दैनन्’, बलिउड अभिनेता अमिताभ बच्चनको यो प्रतिक्रिया अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रमुख अर्थशास्त्री र भारतीय मूलकी गीता गोपीनाथका बारेमा थियो ।

अमिताभले यो प्रतिक्रिया त्यो बेला दिए जब टेलिभिजन शो ‘कौन बनेगा करोडपति’मा उनले एक महिला प्रतियोगी गीता गोपीनाथसँग सम्बन्धित प्रश्न सोधेका थिए ।

अमिताभले स्क्रिनमा गीता गोपीनाथलाई देखाउँदै महिला प्रतियोगीसँग भने, ‘यिनको सुन्दर अनुहार यिनको इकोनोमीसँग कोही जोडिँदैन ।’

अहिले सामाजिक सन्जालमा अमिताभको यो क्लिप भाइरल भइरहेको छ । गीता केबीसीमा आफूसँग सम्बन्धित प्रश्न र अमिताभको टिप्पणी सुनेर खुशी छिन् ।

उनले यो भिडियो क्लीप ट्वीट गर्दै ‘हुन्छ..मलाई लाग्छ कि म कहिले यो बिर्सन्छु । शताब्दीका महानायक बिग बीको जबरदस्त प्रशंसक हुनाले यो मेरा लागि विशेष हो’ लेखेकी छन् ।

गीताले अमिताभको तारिफ गरे पनि सामाजिक सन्जालमा अमिताभको प्रतिक्रियालाई ‘कामूक’ भनेका छन् ।

सामाजिक सन्जालमा नमिताले ‘मलाई ब्यूट विथ ब्रेनवाला कमेन्ट मनपरेको छैन । अमिताभ बच्चनले यो कमेन्टमार्फत राम्रा महिला अर्थशास्त्री हुन सक्दैनन् भन्ने मूर्खतापूर्ण व्यवहार देखाएका छन्’ भन्दै प्रतिक्रिया दिएकी छन् ।

सामाजिक सन्जालमा अमिताभको टिप्पणीलाई आपत्तिजनक नभनीकन गीताको तारिफ पनि गरेका छन् ।

को हुन् गीता गोपीनाथ ?

सन् २०१८ मा हार्वर्ड विश्वविद्यालयमा भारती मूलकी प्रोफेसर रहेकी गीतालाई अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रमुख अर्थशास्त्री नियुक्त गरिएको थियो ।

उनी विश्वविद्यालयमा इन्टरनेशनल स्टडीज अफ इकोनोमिक्समा प्राध्यापक थिइन् । उनले इन्टरनेसनल फाइनान्स र मेक्रोइकोनोमिक्समा अनुसन्धान गरेकी थिइन् ।

केरल सरकारको भूमिका

केरल सरकारले गीतालाई गत वर्ष राज्यको वित्तीय सल्लाहकारमा नियुत्त गरेको थियो । उनको जन्म केरलमै भएको थियो ।

केरलका मुख्यमन्त्री पिनाराई विजयनले गीतालाई नियुक्त गर्दा उनको पार्टीका केही मान्छे निराश भएका थिए । त्यो समयमा गीताले यो पद पाउँदा आफू सम्मानित महशुस गरेको बताएकी थिइन् ।

गीता अमेरिकन इकोनोमिक्स रिभ्यूकी सहसम्पादक र नेशनल ब्यूरो अफ इकोनोमिक रिसर्चमा इन्टरनेसनल फाइनान्स एण्ड मेक्रोइकोनोमिकको सहनिर्देशक पनि हुन् ।

उनले व्यापार र निवेश, अन्तर्राष्ट्रिय वित्तिय संकट, मुद्रा नीति, ऋण र ऋणात्मक बजारको समस्यामा करिब ४० अनुसन्धान लेख लेखेकी छन् ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  १० : ०५ बजे

महामन्त्रीको दौडबाट जगदीश खरेल पनि पछि हटे, अब आठ जना प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री

आमा बन्दै सामन्था रुथ प्रभु, फिल्मबाट केही समय विश्राम लिने घोषणा

काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले

महामन्त्रीको दौडबाट पछि हटे कवीन्द्र बुर्लाकोटी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कवीन्द्र

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची– डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवर्द्धन गर्न ६० हजार

लगातार तीन दिनदेखि घटेको सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– लगातार तीन दिनदेखि घटिरहेको सुनको मूल्य आज भने बढेको