केपी ओली चरम संकटमा पुगेको विप्लवको भनाइ « Khabarhub

केपी ओली चरम संकटमा पुगेको विप्लवको भनाइ


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  सरकारद्वारा प्रतिबन्धिन नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लले प्रधानमन्त्री केपी शर्मा ओली चरम संकटमा पर्दै गइरहेको बताएका छन् ।

उनले ओली नेपाली जनताको आवश्यकता पूरा गर्न पूर्ण रूपले असफल भएको पनि दाबी गरेका छन् ।

‘वर्तमान केपी वली सरकार यतिबेला आफैँले संसद् विघटन गरेपछि स्वयम् चरम सङ्कटमा पर्दै गइरहेको छ । राष्ट्र र जनताका तमाम समस्याहरू समाधान गर्नतर्फ केन्द्रित नरही वर्तमान सरकार फासिवादी शैलीले हाम्रो पार्टी, क्रान्ति र जनताविरुद्ध निरन्तर दमनमा तल्लीन रहेको छ’, विप्लवले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा सरकारी दमनले आफूहरुको क्रान्ति नरोकिने भन्दै बरु अझ थप उचाइमा प्रतिरोध गर्दै अघि बढ्ने बताएका छन् ।
गत पुस २९ गते पार्टीका केन्द्रीय सचिवालय सदस्य कमरेड धर्मेन्द्र बास्तोलालगायतलाई पक्राउ गरिएको विरोधमा विप्लव समूहले विरोध गर्दै आएको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  १० : ४९ बजे

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा १५ मिनेटका लागि स्थगित गरिएको छ ।

काठमाडौं प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले गत जेठ महिनामा सञ्चालित ‘स्वीप

नेपाललाई जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने

काठमाडौं– सङ्घीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने

‘फ्री भिसा फ्री टिकटको व्यवस्थाले श्रमिक मारमा परे यसलाई पुनर्विचार गर्दै छौँ’ 

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार ऐन

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले घेरे वेल 

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरेका छन् ।