१७ वर्षपछि बलिउडमा नागार्जुनको पुनरागमन « Khabarhub

१७ वर्षपछि बलिउडमा नागार्जुनको पुनरागमन


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–दक्षिण भारतीय स्टार अक्किनेनी नागार्जुन १७ वर्षपछि बलिउडमा पुनरागमन गर्दैछन् । हालैमात्र उनले करण जोहारको व्यानर धर्मा प्रोडक्सनले निर्माण गरेको फिल्म ‘ब्रह्मास्त्र’को सुटिङ पुरा गरेका छन् ।

दैनिक भास्करका अनुसार अयान मुखर्जी निर्देशित फिल्ममा अमिताभ बच्चन, रणवीर कपूर र आलिया भट्टको अभिनय छ ।

‘मुम्बईमा मेरो यसरी स्वागत भयो कि म यहाँबाट कतै गएकै थिइनँ । करण र उनको टिमले मलाई राजा सरहको सम्मान दिए’, नागार्जुनले भनेका छन् ।

नागार्जुनका अनुसार फिल्ममा अमिताभसँग उनको कुनै दृश्य छैन । साइन्स फिक्सन फ्लेभरको यो फिल्ममा नागार्जुनले पुरातत्वविदको भूमिकामा अभिनय गरेका छन् ।

नागार्जुन पछिल्लोपटक सन् २००३ मा बलिउड फिल्म ‘एलओसीः कारगिल’मा देखिएका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  १२ : ०५ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय