१७ वर्षपछि बलिउडमा नागार्जुनको पुनरागमन « Khabarhub

१७ वर्षपछि बलिउडमा नागार्जुनको पुनरागमन


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–दक्षिण भारतीय स्टार अक्किनेनी नागार्जुन १७ वर्षपछि बलिउडमा पुनरागमन गर्दैछन् । हालैमात्र उनले करण जोहारको व्यानर धर्मा प्रोडक्सनले निर्माण गरेको फिल्म ‘ब्रह्मास्त्र’को सुटिङ पुरा गरेका छन् ।

दैनिक भास्करका अनुसार अयान मुखर्जी निर्देशित फिल्ममा अमिताभ बच्चन, रणवीर कपूर र आलिया भट्टको अभिनय छ ।

‘मुम्बईमा मेरो यसरी स्वागत भयो कि म यहाँबाट कतै गएकै थिइनँ । करण र उनको टिमले मलाई राजा सरहको सम्मान दिए’, नागार्जुनले भनेका छन् ।

नागार्जुनका अनुसार फिल्ममा अमिताभसँग उनको कुनै दृश्य छैन । साइन्स फिक्सन फ्लेभरको यो फिल्ममा नागार्जुनले पुरातत्वविदको भूमिकामा अभिनय गरेका छन् ।

नागार्जुन पछिल्लोपटक सन् २००३ मा बलिउड फिल्म ‘एलओसीः कारगिल’मा देखिएका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  १२ : ०५ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,