निर्वाचनका लागि २८ प्रकारका सामग्री किन्न आयोगबाट बोलपत्र आह्वान « Khabarhub

निर्वाचनका लागि २८ प्रकारका सामग्री किन्न आयोगबाट बोलपत्र आह्वान


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले निर्वाचनको तयारी तिव्र पारेको छ । निर्वाचनकै लागि चाहिने सामग्री खरिदका लागि आयोगले बोलपत्र नै आह्वान गरेको छ ।

आयोगले चुनावका लागि आवश्यक पर्ने २८ प्रकारका सामग्री किन्न बोलपत्र आह्वान गरेको छ । यी सामग्रीको मूल्य २५ करोड रुपैयाँ बराबरको हुने आयोगले जनाएको छ ।

आयोगले झण्डै २५ करोड रुपैयाँ बराबरको चुनावका लागि आवश्यक सामग्री किन्ने प्रक्रिया अघि बढाएको छ।

सरकारले तोकेको मिति वैशाख १७ र २७ गते निर्वाचन गर्न आयोगले तयारीलाई तिव्र पारेको हो ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले २५ करोड मध्येका २८ प्रकारका सामग्री किन्नका लागि आज बोलपत्र आह्वान गरिएको बताए।

श्रेष्ठका अनुसार चुनावमा विभिन्न ३६ प्रकारमा सामग्री चाहिन्छ। ती सामग्री खरिदका लागि आयोगले २५ करोड छुट्टाएको छ। ती बाहेक जिल्लामा उपलब्ध हुने सामग्री भने जिल्ला निर्वाचन आयोगले नै खरिद गर्न सक्ने छन्। त्यसका लागि भने छुट्टै बजेटको व्यवस्था गरिएको श्रेष्ठको भनाइ छ।

आयोगकाअनुसार छपाइसम्बन्धी मतपेटिका स्टिकर र परिचयपत्र, पोलबुक र कार्डहरु, सुरक्षण सिल र रबर म्याट, रबर र पित्तलको स्वस्तिक छाप, नउड्ने मसीको मार्कर, छेकाबार, स्ट्याम प्याड र मसी, जेलपेन, मार्करपेन, पञ्चिङ मेसिनलगायत सामग्रीका लागि बोलपत्र आह्वान गरिएको हो।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  १२ : २८ बजे

परराष्ट्रमन्त्री खनाल र सुडानी राजदूत एल्टोमबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत

जलवायु वित्तमा अनुदान र प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौँ-  जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका

कांग्रेसको १५औँ महाधिवेशनको मतपरिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी

सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त

महेन्द्रनगर- सुदूरपश्चिम विश्वविद्यालयले पाँच सङ्कायका डीनसहित विभिन्न पदमा पदाधिकारी नियुक्त गरेको

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

भोजपुर–  भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा