विद्यालयको गेट भत्किएर विद्यार्थीको मृत्यु « Khabarhub

विद्यालयको गेट भत्किएर विद्यार्थीको मृत्यु


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासीको कावासोतिस्थित एक विद्यालयको मुल गेट भत्किएर च्यापिँदा एक बालिकको मृत्यु भएको छ ।

विद्यालयको फलामको मुल गेट भत्किएर च्यापिँदा गेट वरपर खेलिरहेका विद्यार्थीहरु च्यापिएका थिए ।

गेटले च्यापिएर सो विद्यालयमा कक्षा ३ मा अध्ययनरत बालिका ८ वर्षकी गमित्रा सिंजाली मगर (करुणा)को आज विहान पौने ११ बजेतिर घटनास्थलमा नै मृत्यु भएको विद्यालयका प्रधानअध्यापक लेखराज पोखरेलले बताए । मृतक बालिकाको परिवार स्थानीय बासिन्दा हुन् ।

गेटले च्यापिएर अर्का विद्यार्थी कक्षा ४मा पढ्ने ९ वर्षका बालक विस्मत ढकाल घाइते भएका छन् । घाइते ढकालको अवस्था सामान्य रहेको विद्यालयले जनाएको छ ।

गेटले पल्टिएर च्यापिएपछि विद्यालयका शिक्षकहरु दौडिएर गई गेट उठाएका थिए । गेट उठाउँदा बालिका सिंजालीको मृत्यु भइससकेको प्रत्यक्षदर्शीहरुले खबरहबलाई जानकारी दिए ।

घटनास्थलमा प्रहरीले मुचुक्का तयार गरी पोष्टमार्टमका लागि मध्यबिन्दु जिल्ला अस्पताल लैजाने तयारी गरेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  १ : ३६ बजे

परराष्ट्रमन्त्री खनाल र सुडानी राजदूत एल्टोमबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत

जलवायु वित्तमा अनुदान र प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौँ-  जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका

कांग्रेसको १५औँ महाधिवेशनको मतपरिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी

सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त

महेन्द्रनगर- सुदूरपश्चिम विश्वविद्यालयले पाँच सङ्कायका डीनसहित विभिन्न पदमा पदाधिकारी नियुक्त गरेको

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

भोजपुर–  भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा