सुरक्षा व्यवस्था थप मजबुत बनाउन प्रधानमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

सुरक्षा व्यवस्था थप मजबुत बनाउन प्रधानमन्त्रीको निर्देशन

विप्लव गतिविधिका बारेमा छलफल


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन दिएका छन् ।

आज बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाको बारेमा जानकारी लिँदै प्रधानमन्त्री सुरक्षा व्यवस्था थप मजबुत बनाउन निर्देशन दिएका हुन् ।

बैठकमा प्रधानमन्त्रीले प्रतिबन्धित विप्लव समूहको गतिविधिका बारेमा पनि जानकारी लिएका थिए ।

सुरक्षा परिषदको बैठकमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापासमेत सहभागी थिए । समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक प्रावधान छ ।

सुरक्षा परिषदको बैठक यसअघि गत कात्तिक ५ गते बसेको थियो । सुरक्षा परिषद् पछि बालुवाटारमा नै प्रधानमन्त्री ओली र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच एकघण्टा छलफल भएको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  १ : ४३ बजे

तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

तनहुँ– तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत

बागमतीसहित तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिया निर्यात ५२ प्रतिशतले बढ्यो

झापा – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार