हामी शान्तिपूर्ण युद्धमा छौँ, युद्ध जित्छौँ– प्रचण्ड « Khabarhub

हामी शान्तिपूर्ण युद्धमा छौँ, युद्ध जित्छौँ– प्रचण्ड

'अदालतले सही फैसला गर्छ भन्नेमा ढुक्क छौँ'


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु अहिले पनि युद्धमा नै रहेको बताएका छन् ।

आज काठमाडौँमा आयोजित ‘जनयुद्धको हस्ताक्षर’ पुस्तकको विमोचन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनविरुद्ध पुस ५ गतेयता आफूहरु नयाँ प्रकारको युद्धमा रहेको बताए । उनले अहिलेको युद्ध शान्तिपूर्ण युद्धमा रहेको बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘हामी फेरि एकचोटि जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका मूल्य–मान्यता, प्राप्त गरेका उपलब्धिहरुको अपहरण गर्ने अपहरणकारीहरुका विरुद्ध एउटा नयाँ प्रकारको युद्धमा नै छौँ । तर, त्यो रक्तपातपूर्ण र हिंसात्मक छैन । पुस ५ गतेदेखि हामी फागुन ११ गतेसम्म नयाँ प्रकारको युद्ध लडिरहेका छौँ । देशव्यापी रूपमा तपाइँ–हामी युद्धमा नै छौँ । अर्को पक्ष हतियारबद्ध भएर दबाउन बल गर्न खोज्दै छ ।’

उनले युद्ध जित्न संकल्प गर्न आवश्यक रहेको पनि बताए । ‘अहिलेको युद्ध हामीले जित्नु छ,’ प्रचण्डले भने । प्रधानमन्त्री केपी शर्मा ओलीले फुटको बाटो रोजेको आरोप प्रचण्डले लगाए ।

उनले भने, ‘एकताको झण्डा हामीले उठाएका छौँ । केपी जीले फुटको बाटो रोज्नुभयो, विघटन र बिसर्जनको बाटो रोज्नुभयो । उहाँले पार्टीलाई पनि फुट, विघटन र बिसर्जनतिर लैजानुभयो र देशलाई पनि, संविधानलाई पनि र लोकतन्त्रलाई पनि बिसर्जन गर्ने बाटोतिर जानुभयो । मुद्दा त उहाँले हारिसक्नु भयो । तर फेरि पनि व्यवहारिक रुपले त्यसलाई परास्त गर्नका लागि यो युद्ध हामीले जित्नुपर्छ ।’

प्रचण्डले अदालतले सही फैसला गर्छ भन्नेमा विश्वास रहेको उल्लेख गरे । उनले भने, ‘हाम्रो अदालतप्रति विश्वास छैन भन्न खोजेकै छैन । मैले सबै सार्वजनिक सभामा भनेको छु, अदालतमा मुद्दा छ, अदालतले सही फैसला गर्छ भन्नेमा हामीलाई विश्वास छ ।’

उनले आफूहरुले एकताको झन्डा उठाएको र प्रधानमन्त्री केपी शर्मा ओली फुटतर्फ गएको जिकिर गरे ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  २ : १९ बजे

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको

बिहानै बालेन जानकी मन्दिरमा पुग्दा‍..

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह