रोजगारदाता कम्पनीले मेनपावरलाई दिने सेवा शुल्क नतोके मागपत्र प्रमाणीकरण नहुने « Khabarhub

रोजगारदाता कम्पनीले मेनपावरलाई दिने सेवा शुल्क नतोके मागपत्र प्रमाणीकरण नहुने


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारको संस्थागत मागपत्र प्रमाणीकरणका लागि सेवा शुल्क अनिवार्य गरिएको छ । नेपालबाट नयाँ श्रमिक माग गर्दा नेपालका मेनपावर कम्पनीलाई उपलव्ध गराउने सेवा शुल्क उल्लेख नगरिएको मागपत्र प्रमाणिकरण नगर्ने कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले एक सूचना जारी गर्दै मागपत्र प्रमाणीकरणका लागि सेवा शुल्क अनिवार्य गरिएको जनाएको छ । नयाँ कामदार माग गर्ने रोजगारदाता कम्पनीले सम्बन्धित नेपालका रिक्रुटमेन्ट एजेन्सी (मेनपावर कम्पनी) लाई उपलब्ध गराउनुपर्ने सेवा शुल्क अनिवार्य रुपमा उपलब्ध गराउने गरी मागपत्रमा प्रतिबद्धता उल्लेख गर्नुपर्ने र त्यस्ता मागपत्र मात्र प्रमाणीकरण गर्ने व्यवस्था गरिएको दूतावासले जनाएको छ ।

यो नयाँ व्यवस्था मार्च १, २०२१ देखि लागू हुने दूतावासले जनाएको छ । उक्त सेवा शुल्क सम्वन्धी प्रतिबद्धता नभएको मागपत्र प्रमाणीकरण नगरिने समेत दूतावासले सम्बन्धित सबै रोजगारदाता कम्पनीहरुलाई जानकारीको लागि सूचना प्रकाशित गरिएको जनाएको छ ।

यस्तै दूतावासले तीन महिनाको अवधिमा समूहगत रुपमा २४६ कम्पनीको मागपत्र प्रमाणीकरण गरेको छ भने व्यक्तिगत रुपमा १७ हजार ७२३ जनाको प्रमाणीकरण गरिसकेको जनाएको छ । २९ घरेलु कामदारको पुन: श्रम स्वीकृतिको लागि सिफारिस गरेको जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ३ : ०९ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी