राजनीतिक रूपमा शान्ति र स्थिरताको लागि निर्वाचन आवश्यक : कमल थापा « Khabarhub

राजनीतिक रूपमा शान्ति र स्थिरताको लागि निर्वाचन आवश्यक : कमल थापा


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राप्रपा अध्यक्ष कमल थापाले राजनीतिक रूपमा शान्ति र स्थिरताको लागि निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् ।

मकवानपुरको पदमपोखरीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारिता अन्त्यका लागि पनि निर्वाचन आवश्यक रहेको बताए ।

अध्यक्ष थापाले प्रतिनिधिसभा विघटनसम्बन्धी अस्पष्टता हटाउन सर्वोच्चले यसबारे थप व्याख्या दिनुपर्ने बताए । उनले राजनीतिक रूपमा शान्ति र स्थिरताको लागि निर्वाचनमा जानुको विकल्प नभएकाले सर्वोच्चको फैसला सबैले मान्नु पर्ने स्पस्ट पारे ।

अध्यक्ष थापाले नेपाली कांग्रेसले सत्ताका लागि अपवित्र गठबन्धन गरेर जनताको नजरबाट खस्ने बताए । ‘अपवित्र गठवन्धन बनाएर सरकार बनाउन कांग्रेसलाई जनताको म्याण्डेट थिएन,’ उनले भने, ‘कांग्रेसले सत्ताको लोभ देखायो भने कांग्रेस पनि जनताको नजरबाट खस्नेछ ।’

अध्यक्ष थापाले विगत १४ बर्षको राजनीतिक रोडम्यापले निकास दिन नसक्ने भएकोले त्रुटिपूर्ण मार्गचित्र सच्याउनु पर्नेमा जोड दिए । स्वाधिन, सबल र समुन्नत नेपाल निर्माणको सपना पूरा गर्न अब नयाँ ढंगले अघि बढ्नु पर्ने र निषेधको राजनीति परित्याग गर्नुपर्ने बताए ।

गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विदेशीको एजेन्डा भएकोले त्यसको भारी बिसाउनु पर्ने अध्यक्ष थापाको भनाइ छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ३ : ३१ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको