क्याफे र रेस्टुरेन्ट व्यवसायमा कंगना « Khabarhub

क्याफे र रेस्टुरेन्ट व्यवसायमा कंगना


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाली– बोलीका कारण विवाद र चर्चामा आइरहने बलिउड अभिनेत्री कंगना रनावतले गृहनगर मनालीमा खाद्य र पेय पदार्थका रुपमा क्याफे र रेस्टुरेन्ट खोल्ने भएकी छन् । अभिनेत्रीले मंगलबार आफ्नो आधिकारिक ट्वीटर एकाउन्टमा मनालीको तस्वीर राख्दै चाँडै नै क्याफे र रेस्टुरेन्ट सुरु हुने जानकारी दिएकी छन् ।

ट्रिब्युन इण्डियामा प्रकाशित समाचार अनुसार कंगनाले व्यवसायलाई ‘ड्रिम प्रोजेक्ट’ मानेकी छन् । फिल्मबाहेक कंगना खानेकुरामा पनि सौखिन छिन् ।

‘मेरो नयाँ उद्यम र नयाँ सपना तपाईंहरु समक्ष बाँड्दैछु । जसले हामीलाई नजिक ल्याउन सहयोग गर्नेछ । फिल्मबाहेक मेरो सोख खानेकुरामा पनि छ । फूड एण्ड बेभरेज उद्योगमा मेरो यो बाल पाइला हो । मनालीमा मेरो पहिलो क्याफे र रेस्टुरेन्ट हुनेछ । मेरो ठूलो समूहलाई विशेष धन्यवाद छ’, उनले ट्वीट गरेकी छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ४ : ३० बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय