यसरी मनाए प्रधानमन्त्री ओलीले ७० औं जन्मदिन (फोटोफिचर) | Khabarhub Khabarhub

यसरी मनाए प्रधानमन्त्री ओलीले ७० औं जन्मदिन (फोटोफिचर)


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो ७०औं जन्मदिन मनाएका छन् । जन्मदिनको अवसरमा कुनै औपचारिक कार्यक्रम नराखेपनि उनले प्रधानमन्त्री निवासै पारिवारिक रुपमा जन्मदिन मनाएका हुन् ।

उनलाई जन्मदिनको शुभकामना विहानैबाट दिनेको उल्लेख्य सहभागीता छ । कतिपयले भेटेर त कतिपयले सामाजिक सञ्जालमा बिहानैदेखि शुभकामना दिएका छन् ।

उनले नेवारी संस्कृतिअनुसार जन्मदिनको सगुन लिए । प्रधानमन्त्री ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट टीका र माला ग्रहण गर्दै आर्शिवाद लिए ।

२००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा बाबु मोहनप्रसाद ओली र आमा स्व. मधु ओलीको पहिलो सन्तानका रुपमा उनी जन्मेका थिए । ओलीका बुवा मोहनप्रसाद अहिले ९१ वर्षमा हिंडिरहेका छन् । प्रधानमन्त्री ओलीका आमा भने उनी सानै उमेरको हुँदा दिवंगत भएकी थिइन् ।

तस्वीर प्रधानमन्त्रीको सचिवालयबाट

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ४ : १७ बजे

दक्षिण एसियाली कुराँश च्याम्पिन्सिपमा छ जना खेलाडी सहभागी हुँदै

काठमाडौं– प्रथम दक्षिण एसियाली कुराँश च्याम्पिन्सिपमा  ६ खेलाडी सहभागी हुने

रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई

काठमाडौँ– क्रिस्टियानो रोनाल्डोले इटालियन फुटबल क्लब युभेन्टसविरुद्धको कानुनी लडाई जितेका

सुनको मूल्य घट्याे, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

सवारी दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते

कास्की– पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा आठजना चिनियाँ पर्यटक

सुदूरपश्चिममा सरकारमा दाबी गर्न दिएको समय आज सकिँदै

धनगढी– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ मुख्यमन्त्री दाबी