ओलीको ‘संविधान मिच्ने कदम’ अदालतबाट सच्चिनेमा विश्वस्त छौँ : प्रचण्ड « Khabarhub

ओलीको ‘संविधान मिच्ने कदम’ अदालतबाट सच्चिनेमा विश्वस्त छौँ : प्रचण्ड


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि बेला अदालतबाट संविधान मिच्ने कदम सच्चिने बताएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा पार्टी कार्यालय पेरिसडाडामा मंगलबार आयोजित २० औं मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रम उनले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा बहस सकिएको जानकारी पाएको भन्दै संविधान मिच्ने कदम कुनैपनि बेला सच्चिन सक्ने बताएका हुन् ।  संविधानलाई मान्ने संवैधानिक अंग र निकायले संविधानको मर्म र भावना अनुसार काम गर्ने उनले विश्वास व्यक्त गरे ।

अध्यक्ष दाहालले संसद पुनर्स्थापना भएपछि जनता र देशको आवश्यकता अनुसार संविधान संशोधन गरिने धारणा पनि राखेका थिए ।

संविधान गतिशील दस्तावेज भएकाले कुनै पनि बेला जनताको चाहना अनुसार परिमार्जन गर्न सकिने उहाको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले हालको संविधान जनतामा निहीत पहिलो संविधान भएको भन्दै ओली नेतृत्वको सरकारले संविधानको मूल मर्म र भावनामाथि नै प्रहार गरेको बताए ।

उनले असंवैधानिक कदमविरुद्धको शान्तिपूर्ण युद्धमा आफूहरु रहेको र यसमा जनताको साथ र समर्थन मिलेको दाबी गरे ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ५ : ०० बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा