संसद पुनर्स्थापना भए पनि ‘दाहाल-नेपाल’ प्रधानमन्त्री खोज्दै अन्तिममा मैकहाँ आइपुग्ने हुन् : ओली  « Khabarhub

संसद पुनर्स्थापना भए पनि ‘दाहाल-नेपाल’ प्रधानमन्त्री खोज्दै अन्तिममा मैकहाँ आइपुग्ने हुन् : ओली 


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनःस्थापना भए पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल प्रधानमन्त्री खोज्दै आफैं भएको ठाउँमा आइपुग्ने दाबी गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘कथंककदाचित संसद् पुनःस्थापना भइहाल्यो भने प्रचण्डजी र माधवजी हल बाँधिएर प्रधानमन्त्री खोज्न हिँड्नु हुन्छ, उहाँहरु कहिले उत्तर, कहिले दक्षिणतिर लाग्नु हुन्छ प्रधानमन्त्री भइदिनुस् न भन्दै’, उनले भने,’ ‘उहाँहरु प्रधानमन्त्री बन्ने अलिकति पनि सम्भावना छैन । उहाँहरुले लडाईं जित्नु भयो भने पनि प्रधानमन्त्री खोज्दै हिँड्नु पर्ने हो । खोज्दै हिँड्दा अन्तिममा मै कहाँ आइपुग्ने हुन्।’

प्रधानमन्त्री ओलीले पार्टी फुटाएर बाहिर अल्मलिएर बस्नुभन्दा बाटो सच्चाएर पार्टीमा फर्किन आग्रह गरे ।

‘मलाई प्रचण्डजीको माया लाग्छ, के खान गएको कहाँ डुबिएर मर्‍यो भन्ने जस्तै भएको छ उहाँलाई’, ओलीले भने, ‘लामो संघर्षबाट यहाँसम्म आइपुगेको छौँ। जस्तोसुकै परिस्थिति सामना गर्न तयार छौँ।’

लोकतन्त्र र संविधान जोगाएर अब देश निर्माणको अभियानमा लाग्ने उनले बताए। बहुमतको साथ प्रतिनिधिसभा विघटन गरेको हुनाले पुनर्स्थापना नहुने जिकिर गरे ।

सरकारले तोकेको समयमा निर्वाचन हुने दाबी गर्दै तयारीमा लाग्न पनि उनले निर्देशन दिए ।

आज आफ्नो ७० औँ जन्मदिन मनाएका प्रधानमन्त्री ओलीले उमेरले ७० वर्ष लाग्दासमेत युवासँग संगत गरेपछि युवा-युवा भएजस्तो महसुस भएको सुनाए।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ५ : ५६ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई