संसद पुनर्स्थापना भए पनि 'दाहाल-नेपाल' प्रधानमन्त्री खोज्दै अन्तिममा मैकहाँ आइपुग्ने हुन् : ओली  | Khabarhub Khabarhub

संसद पुनर्स्थापना भए पनि ‘दाहाल-नेपाल’ प्रधानमन्त्री खोज्दै अन्तिममा मैकहाँ आइपुग्ने हुन् : ओली 


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनःस्थापना भए पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल प्रधानमन्त्री खोज्दै आफैं भएको ठाउँमा आइपुग्ने दाबी गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘कथंककदाचित संसद् पुनःस्थापना भइहाल्यो भने प्रचण्डजी र माधवजी हल बाँधिएर प्रधानमन्त्री खोज्न हिँड्नु हुन्छ, उहाँहरु कहिले उत्तर, कहिले दक्षिणतिर लाग्नु हुन्छ प्रधानमन्त्री भइदिनुस् न भन्दै’, उनले भने,’ ‘उहाँहरु प्रधानमन्त्री बन्ने अलिकति पनि सम्भावना छैन । उहाँहरुले लडाईं जित्नु भयो भने पनि प्रधानमन्त्री खोज्दै हिँड्नु पर्ने हो । खोज्दै हिँड्दा अन्तिममा मै कहाँ आइपुग्ने हुन्।’

प्रधानमन्त्री ओलीले पार्टी फुटाएर बाहिर अल्मलिएर बस्नुभन्दा बाटो सच्चाएर पार्टीमा फर्किन आग्रह गरे ।

‘मलाई प्रचण्डजीको माया लाग्छ, के खान गएको कहाँ डुबिएर मर्‍यो भन्ने जस्तै भएको छ उहाँलाई’, ओलीले भने, ‘लामो संघर्षबाट यहाँसम्म आइपुगेको छौँ। जस्तोसुकै परिस्थिति सामना गर्न तयार छौँ।’

लोकतन्त्र र संविधान जोगाएर अब देश निर्माणको अभियानमा लाग्ने उनले बताए। बहुमतको साथ प्रतिनिधिसभा विघटन गरेको हुनाले पुनर्स्थापना नहुने जिकिर गरे ।

सरकारले तोकेको समयमा निर्वाचन हुने दाबी गर्दै तयारीमा लाग्न पनि उनले निर्देशन दिए ।

आज आफ्नो ७० औँ जन्मदिन मनाएका प्रधानमन्त्री ओलीले उमेरले ७० वर्ष लाग्दासमेत युवासँग संगत गरेपछि युवा-युवा भएजस्तो महसुस भएको सुनाए।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ५ : ५६ बजे

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका