सर्वोच्चले स्वतन्त्र न्यायालय र आफ्नो गरिमालाई उच्च बनायो : योगेश भट्टराई « Khabarhub

सर्वोच्चले स्वतन्त्र न्यायालय र आफ्नो गरिमालाई उच्च बनायो : योगेश भट्टराई


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने निर्णयविरुद्ध परेका रिटमा स्वागतयोग्य फैसला भएको बताएका छन् ।

संसद विघटन बदरको फैसलासँगै नेता भट्टराईले ट्वीटरमा आफ्नो धारणा राख्दै सर्वोच्च अदालतले स्वतन्त्र र आफ्नो गरिमालाई उचा गरेको प्रतिक्रिया दिएका हुन् ।

‘सर्वोच्च अदालतले स्वतन्त्र न्यायालय र आफ्नो गरिमालाई उचा गरेको छ, मुलुक, लोकतन्त्र र व्यवस्थाको रक्षा गरेर तीन करोड नेपालीको सम्मान प्राप्त गरेको छ,’ नेता भट्टराईले ट्वीट गरेका छन् ।

साथै उनले सर्वोच्चको यो फैसलाले जनताको र लोकतन्त्रको जीत भएको बताएका छन् ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् ।

उक्त कदम असंवैधानिक भएको भन्दै सर्वोच्चमा १३ वटा रिट परेका थिए । ती रिटमा सुनुवाइ गर्दै आज (मंगलबार) सर्वोच्चले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने निर्णय बदर गरेको हो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ६ : ५६ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई