सर्वोच्चले स्वतन्त्र न्यायालय र आफ्नो गरिमालाई उच्च बनायो : योगेश भट्टराई | Khabarhub Khabarhub

सर्वोच्चले स्वतन्त्र न्यायालय र आफ्नो गरिमालाई उच्च बनायो : योगेश भट्टराई


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने निर्णयविरुद्ध परेका रिटमा स्वागतयोग्य फैसला भएको बताएका छन् ।

संसद विघटन बदरको फैसलासँगै नेता भट्टराईले ट्वीटरमा आफ्नो धारणा राख्दै सर्वोच्च अदालतले स्वतन्त्र र आफ्नो गरिमालाई उचा गरेको प्रतिक्रिया दिएका हुन् ।

‘सर्वोच्च अदालतले स्वतन्त्र न्यायालय र आफ्नो गरिमालाई उचा गरेको छ, मुलुक, लोकतन्त्र र व्यवस्थाको रक्षा गरेर तीन करोड नेपालीको सम्मान प्राप्त गरेको छ,’ नेता भट्टराईले ट्वीट गरेका छन् ।

साथै उनले सर्वोच्चको यो फैसलाले जनताको र लोकतन्त्रको जीत भएको बताएका छन् ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् ।

उक्त कदम असंवैधानिक भएको भन्दै सर्वोच्चमा १३ वटा रिट परेका थिए । ती रिटमा सुनुवाइ गर्दै आज (मंगलबार) सर्वोच्चले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने निर्णय बदर गरेको हो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ६ : ५६ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द