‘जनताको जीत’ भन्दै नेकपा अध्यक्षद्वय दाहाल-नेपालले बाँडे खुशी « Khabarhub

‘जनताको जीत’ भन्दै नेकपा अध्यक्षद्वय दाहाल-नेपालले बाँडे खुशी


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेको खुशीयालीमा नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले जनताको जीत भएको जनाएका छन् ।

दाहाल-नेपाल समूहले बुधबार गर्न लागेको कार्यक्रमका लागि चितवन पुगेका दाहाल-नेपालले संसद पुनर्स्थापनाको खुशीयालीमा ‘विजय उत्सव’ समेत मनाएका छन्। उनीहरुले एकअर्कालाई लड्डु खुवाएर खुशी मनाएका हुन् ।

सर्वोच्चको ऐतिहासिक फैसला स्वागत योग्य भन्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई पदबाट तत्काल राजीनामा दिन समेत आग्रह गरे।

दुवै नेताले संसद पुनर्स्थापनाको फैसलालाई जनताको जीत भनेका छन् । प्रचण्ड पुत्री गंगा दाहाले सामाजिक सञ्जालमा यी दुई तस्वीर राख्दै बधाई लेखेकी छिन् ।

अध्यक्ष नेपालले सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला स्वागतयोग्य भएको बताउँदै जनताको जित भएको फेसबुकमा समेत लेखेका छन् ।

सर्वोच्चको निर्णय आएको केही समयमा नै उनले सामाजिक सन्जालमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जित भएको छ । संविधानका प्रावधानलाई मिचेर केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी थियो ।,’ उनले लेखेका छन् ।

उनले थपेका छन्, ‘सम्मानित सर्वोच्च अदालतले संवैधानिक अपेक्षा र जनभावना अनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु । सम्पूर्ण नेपाली जनता, आन्दोलनमा उत्रेका राजनीतिक दलहरु, नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै ठाउँ-ठाउँमा दीप प्रज्ज्वलन गरिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुशीयालीमा नेकपा दाहाल–नेपाल समूह निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ, विवेकशील लगायतले दीप प्रज्ज्वलन गरेका हुन् ।

उनीहरुले सम्मानित अदालतले स्वागत योग्य फैसला गरेको बताउँदै जनताको जीत भएकोमा नाराबाजी गरेका छन् ।

तस्वीर : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री गंगा दाहालको फेसबुकबाट 

 

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ८ : १६ बजे

शिक्षामन्त्रीको जवाफ- सुकुम्वासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको पढाइमा समस्या हुँदैन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्वासी बस्ती

शान्ति र सद्भावका लागि काठमाडौंमा नागरिक र्‍याली

काठमाडौं– शान्ति, सद्भाव र सामाजिक एकताका लागि नागरिक अगुवाहरुले काठमाडौंमा

भ्रामक सूचना र उत्तेजक सामग्री पोस्ट नगर्न प्रहरीको आग्रह

कर्णाली– कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज

नेपाल आइपुगिन् बलिउड स्टार शिल्पा शेट्टी 

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी शुक्रबार काठमाडौं आइपुगेकी छन् ।

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं– विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन