संसद पुनर्स्थापनाले न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ : नेता थापा « Khabarhub

संसद पुनर्स्थापनाले न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ : नेता थापा


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता गगन थापाले संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य भएको बताउँदै अदालतले संविधानको रक्षा गरेको जनाएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत यो ऐतिहासिक फैसलाले संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई सर्वोच्चले थप उच्च बनाएको बताएका छन् ।

‘हामी सवैलाई बधाई ! संविधान विरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ’, उनले फेसबुकमा लेखेका छन, ‘अदालतले विना भय र दवाव, विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ।’

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ८ : ४३ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी