तानाशाह बन्ने ओलीको प्रयास विफल भएको छ : नेता मिश्र « Khabarhub

तानाशाह बन्ने ओलीको प्रयास विफल भएको छ : नेता मिश्र


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने फैसला गरेसँगै विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले उक्त निर्णयको स्वागत गरेका छन् ।

मिश्रले सामाजिक सञ्जालमा सर्वोच्चको फैसला जे हुनु पर्थ्यो, त्यहीँ भएको र तानाशाह बन्ने ओलीको प्रयास विफल भएको प्रतिक्रिया दिएका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘जे हुनु पर्थ्यो, त्यो भयो। सर्वोच्चको आजको फैसलाले दूरगामी ऐतिहासिक महत्व राख्नेछ । लोकतन्त्र र संविधानवादको चीरहरण गरेर लोकतान्त्रिक माध्यमबाटै तानाशाह बन्ने ओलीको प्रयास विफल भएको छ । तर नेपाली राजनीतिमा ओली प्रवृत्ति समाप्त भएको छैन। ओलीको विकल्प देउवा, प्रचण्ड हुन सक्दैनन्।’

यस्तै उनले अगाडी लेखेका छन्, ‘निर्णय जे सुकै आए पनि, प्रधानमन्त्री ओलीले विविध जटिलताका बाबजुद स्थिर देखिन थालेको नेपाली राजनीतिलाई अनावश्यक रूपमा भुङ्ग्रोमा जोतेका छन्। कुनै न कुनै समयमा चुनाव त भइहाल्नेछ। यो अपराधलाई नेपाली जनताले क्षमा नगरुन् भन्ने कामना गर्दछु।’

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ८ : ५४ बजे

थेराङ खोला बाढीपछि स्थानीय भन्छन्- गाउँबाट तलमाथि जाने पुल बगायो, नाकाबन्दीमा पर्‍यौँ

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको

रसुवामा हैजाको जोखिम: सेनाको हेलिकप्टरबाट २१ हजार डोज खोप पठाइयो

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोपछि हैजाको

क्यासिनोमा नेपाली प्रवेश गराई जुवा खेलाउने आठजना पक्राउ

पर्सा– वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने

देवीघाटमा ६० मिटर लामो एक्रोब्रिज बन्दै, चाँडै सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका अधिकांश

बाढीले नाम्रुङमा पुल र जलविद्युतमा क्षति : चुमनुब्रीवासी र पर्यटक समस्यामा

गोरखा – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ