थ्री नेशन्स कप आजदेखि, उद्घाटन खेलमा बंगलादेश र किर्गिस्तान भिड्दै « Khabarhub

थ्री नेशन्स कप आजदेखि, उद्घाटन खेलमा बंगलादेश र किर्गिस्तान भिड्दै


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आज सुरु हुँदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने खेलमा नेपाल, बंगलादेश र किर्गिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।

उद्घाटन खेलमा आज बंगलादेश र किर्गिस्तानको यू-२३ टिम भिड्ने छन् । बंगलादेश र किर्गिस्तानबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

बंगलादेश र किर्गिस्तान दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

नेपालले भने पहिलो खेलमा बुधबार किर्गिस्तानसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ ।

राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल चैत १६ गते हुनेछ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ८ : २० बजे

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा सकारात्मक : के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ?

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले