थ्री नेशन्स कप आजदेखि, उद्घाटन खेलमा बंगलादेश र किर्गिस्तान भिड्दै « Khabarhub

थ्री नेशन्स कप आजदेखि, उद्घाटन खेलमा बंगलादेश र किर्गिस्तान भिड्दै


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आज सुरु हुँदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने खेलमा नेपाल, बंगलादेश र किर्गिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।

उद्घाटन खेलमा आज बंगलादेश र किर्गिस्तानको यू-२३ टिम भिड्ने छन् । बंगलादेश र किर्गिस्तानबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

बंगलादेश र किर्गिस्तान दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

नेपालले भने पहिलो खेलमा बुधबार किर्गिस्तानसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ ।

राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल चैत १६ गते हुनेछ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ८ : २० बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको