किसानलाई निःशुल्क घाँसको बीउ « Khabarhub

किसानलाई निःशुल्क घाँसको बीउ


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको टीकापुर नगरपालिका पशु सेवा शाखाले व्यावसायिक पशुपालनमा लागेका किसानलाई निःशुल्क घाँसको बीउ वितरण गरेको छ । व्यावसायिकरूपमा पशुपालन गरिरहेका समूह तथा कृषि फार्मलाई बर्खे टियोसेन्टी जातको घाँसको बीउ वितरण गरिएको हो ।

पशुपालक किसानका पशुलाई घाँसको परिपूर्ति र पशुपालन गर्दा घाँसका बारेमा जनचेतना जगाउनका लागि बीउ वितरण गरेको पशु शाखा प्रमुख श्यामराज पाण्डेले बताए ।

‘नगरपालिकाले पशुपालनमा किसानलाई आकर्षित गराउने विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । हामीले बीउ वितरण, पशुको उपचार र गाउँगाउँमा पशु शिविरजस्ता कार्यक्रम गर्ने गरेका छौँ’, पाण्डेले भने, ‘नगरपालिकाले पशुपालनमा लागेका किसानलाई गोठ निर्माणलगायतका काममा अनुदानसमेत दिने गरेको छ ।’

पशुपालनमा लागेका किसान तथा व्यावसायिकरूपमा पशु फार्म सञ्चालन गरेका किसानलाई पशुको सङ्ख्या हेरेर एक किसानलाई पाँचदेखि २० किलोसम्म घाँसको बीउ वितरण गरिएको छ । नगरपालिकाले १० क्विन्टल टियोसेन्टी जातको घाँसको बीउ वितरण गरेको पाण्डेले बताए ।

‘टीकापुर मासु र दूधमा आत्मनिर्भर बनिसकेको छ । यहाँ उत्पादन भएको मासु, दूध अन्य जिल्ला निकासी हुने गरेको छ’, उनले भने, ‘मासु तथा दूधको खपत पनि राम्रो भएकाले किसानको समेत आकर्षण बढेको छ । पशुपालनमा युवाको आकर्षण बढेको छ । हामी सहयोगीका रूपमा उभिएका छौँ ।’

टीकापुर नगरपालिकामा अहिले व्यावसायिकरुपमा पशुपालन गर्ने कृषि फार्म ८२ छन् भने २५ समूह छन् । ती कृषि फार्ममा गाई, भैँसी, बङ्गुर, बाख्रालगायत पशुपालन गरिएका छन् । व्यावसायिकरूपमा मासु तथा दूध उत्पादनका लागि कृषिकर्म गरिरहेका किसानलाई पशु सेवा शाखा कार्यालयले हरेक वर्ष यसरी नै घाँसको बीउ वितरण गर्ने गरेको छ ।

कैलालीको जानकी गाउँपालिकाले पनि पशुपालनमा लागेका किसानलाई व्यवसाय सञ्चालनमा सघाउँदै आएको छ । गाउँपालिकाले घाँसको बीउ वितरण, घाँस काट्ने मेसिन, गोठ निर्माणलगायतका काममा किसानलाई सघाउँदै आएको छ ।

पालिकाले किसानलाई तालिम, पशुको उपचारमा सघाउन समय-समयमा शिविरसमेत सञ्चालन गर्ने गरेको जनाएको छ । स्थानीय तहले व्यावसायिक किसानलाई मात्र तालिम दिने, सहयोग कार्यक्रम सञ्चालन गर्ने भएकाले पशुपालन गरिरहेका अन्य किसानलाई समेत समेट्न आवश्यक भएको किसानको भनाइ छ ।

‘हामी घरमा एक/दुई गाईभैँसी तथा बाख्रा पाल्ने किसानलाई पनि ज्ञान आवश्यक छ । हामीलाई पनि प्राविधिक तथा अन्य सहयोग गरेको भए हुन्थ्यो’, किसान लक्षिराम न्यौपाने भन्छन्, ‘सीप र सहयोग पाए हामीलाई पनि व्यावसायिक बन्न सहयोग पुग्छ । विदेश जानुभन्दा हामीजस्ता युवालाई प्रोत्साहन गर्ने कार्य सरकारले गर्नुपर्छ ।’

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ११ : २२ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं– संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक

‘केजीएफ’ पछि नयाँ अवतारमा यश, ‘टक्सिक’ को डार्क ट्रेलरले बढायो कौतुहलता

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार यश फेरि एकपटक दमदार र रहस्यमय

एच-१बी भिसाधारीको जागिर गए कठिन हुन सक्छ अमेरिका बसाइ, ६० दिनको ‘ग्रेस पिरियड’ हटाउने तयारी

वाशिङ्टन- अमेरिकामा एच-१बी भिसामा काम गरिरहेका विदेशी कर्मचारीको समस्या थपिन

रास्वपाको निर्णय : मन्त्रीहरूले महिनाको एक पटक पार्टी कार्यालयमा नागरिकसँग अन्तरक्रिया गर्ने

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक,

टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

बेइजिङ– टाइफुन ‘डल्फिन’ पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका दुई प्रमुख