‘तारक मेहताका उल्टा चश्मा’बाट बिदा भइन् दिशा « Khabarhub

‘तारक मेहताका उल्टा चश्मा’बाट बिदा भइन् दिशा


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतीय टेलिभिजनमा ‘तारक मेहताका उल्टा चश्मा’ शोले दर्शकलाई वर्षौदेखि मनोरञ्जन दिँदै आएको छ ।

यो शोमा दर्शकले रुचाएका कलाकारमा अभिनेत्री दिशा वकानी पनि पर्छिन् । जसले शोमा ‘दयाबेन’को चरित्र निर्वाह गरेकी छन् ।

सन् २०१७ को सेप्टेम्बरमा सुत्केरी बिदा लिएकी दिशा त्यसयता शोमा फर्किएकी छैनन् । अमर उजालामा प्रकाशित समाचारअनुसार उनले शोबाट पूर्ण रुपमा बिदा लिएकी छन् ।

केही समय अघि शोको एक एपिसोडका लागि उनले केमियो गरेकी थिइन् । जुन भूमिकालाई दर्शकले निकै रुचाएका थिए ।

सुत्केरी बिदा पछि दिशा र शोका निर्माताबीच दिशाको कमव्याकको विषयमा कुराकानी चलिरहेको थियो । जसका लागि उपर्युक्त समय र कथाको खोजी पनि भइरहेको थियो ।

दिशाले सुत्केरी बिदा लिएर बस्दा पनि उनको जस्तै चरित्र निर्वाह गर्ने कलाकार निर्माताले नखोजेका पनि होइनन् । अहिले पनि खोजी नै रहेका छन् । तर उपयुक्र्त पात्र कोही फेला पार्न सकेका छैनन् ।

पछिल्लो एक दशकदेखि टेलिभिजनका दर्शकलाई मनोरञ्जन गराउदै आएको यो चर्चित शोबाट दयाबेनले हात झिकेपछि अब यसको टीआरपी भविष्य के हुने चर्चा सुरु भएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ११ : ४५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका