‘आइरन माइक’मा माइक टाइसन जीवनकथा | Khabarhub Khabarhub

‘आइरन माइक’मा माइक टाइसन जीवनकथा


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– विश्वविख्यात बक्सर माइक टाइसनको जीवनकथा अब टेलिभिजन सिरिजका रुपमा आउने भएको छ । ‘आइरन माइक’ नाम दिइएको सिरिजमा स्वयं टाइसनको अभिनय भने हुनेछैन ।

इण्डियन टाइम्समा प्रकाशित समाचारअनुसार सिरिजमा टाइसनसहित मार्टिन स्कर्सेस र जेमी फक्सको लगानी रहनेछ ।

सिरिजमा अभिनेता जेमी फक्सले टाइसनको भूमिका निर्वाह गर्नेछन् ।

‘धेरै समयका लागि कथा बताउन म तयार छु’, टाइसनले भनेका छन्, ‘यो सिरिजले मेरो व्यक्तिगत र व्यावसायिक जीवनको पाटोलाई मात्र उतार्नेछैन्, यसले आम मानिसमा मनोरञ्जनसँगै प्रेरणा पनि दिनेछ ।’

सिरिजको रिलिज मिति सार्वजनिक नभए पनि यो आठ एपिसोडको हुनेछ । सिरिजले माइकको विवाद, वियोगान्त कथा र उनको करियरलाई देखाउनेछ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  १ : ५० बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी