प्रेमीकासँग विवाद हुँदा जब प्रेमीले मट्टितेल छर्किएर आगो लगाए « Khabarhub

प्रेमीकासँग विवाद हुँदा जब प्रेमीले मट्टितेल छर्किएर आगो लगाए


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको गोठाटारमा प्रेमी–प्रेमिकाबीच आपसी झगडाका क्रममा आगो लगाउँदा दुबै जना घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश कुमार बस्नेतले घाइतेहरु दुई जना नै प्रेमी–प्रेमिका रहेको र उनीहरुबीच विवाद हुँदा आगो लगाएर घाइते भएको जानकारी दिए ।

एसपी बस्नेतका अनुसार काठमाडौंको गोठाटारमा कोठा गरी बस्ने सोलुखुम्बुकी १८ वर्षीया युवतीको कोठामा सो घटना भएको हो ।

जोरपाटी घर भएका सुरज श्रेष्ठ युवतीको कोठामा पुगेका थिए । युवतीको कोठामा आपसी विवादका क्रममा युवकले मट्टितेल छर्किएर ‘युवतीलाई पनि मार्ने र आफूपनि मर्ने’ भन्दै आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एपी बस्नेतले बताए ।

आगोले युवतीको अनुहार लगायत माथिल्लो भाग जलेका कारण कीर्तिपुरस्थित फेक्ट अस्पतालमा उपचार भइरहेको छ भने युवकको पेटको भाग सामान्य जलेकाले जोरपाटीस्थित शुष्मा कोइराला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ५ : १६ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी