‘सी’ डिभिजन लिगमा स्वयम्भुको दोस्रो जित « Khabarhub

‘सी’ डिभिजन लिगमा स्वयम्भुको दोस्रो जित


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वयम्भु क्लबले शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा दोस्रो जित हात पारेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार प्लानिङ ब्वाइज युनाईटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै स्वयम्भुले दोस्रो जित निकालेको हो ।

स्वयम्भुको जितमा बिक्की राई र सुग्रित मगरले एक-एक गोल गरे । प्लानिङका क्रिजल खड्काले एक गोल फर्काए । जितसँगै स्वयम्भुले ३ खेलमा ६ अंक जोडेको छ । प्लानिङको यो दोस्रो हार हो । प्लानिङले ३ खेलमा १ अंक जोडेको छ ।

लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।

समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ‘बी’ डिभिजनमा बढुवा हुनेछ । यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ५ : ३९ बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको