संसदको ‘तिरस्कार र अपमान’को बदला जनताले लिनेछन् : नेता थापा « Khabarhub

संसदको ‘तिरस्कार र अपमान’को बदला जनताले लिनेछन् : नेता थापा


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्रीको कारण संसद कामविहीन अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै थापाले संसद विघटनको कदमलाई सही सावित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई कामविहीन बनाउने कोसिस गरेको आरोप लगाएका हुन् ।

उनले भने, ‘कहिले प्रश्न छल्न बैठक स्थगित, कहिले पार्टीभित्रको विरोधी तह लगाउन संसद भङ्ग । अनि अहिले प्रतिनिधिसभा भङ्ग गर्ने सनक सही थियो भन्ने स्थापित गर्नको लागि संसदलाई कामविहीन बनाउने प्रपञ्च ।’

अध्यादेश पेश गर्न नदिएको भन्दै प्रधानमन्त्रीले अनावश्यक हल्ला गरेको थापाको टिप्पणी छ । ‘एसिड आक्रमणलाई नियन्त्रण गर्ने कानून बनाउँन दिइएन भन्ने हल्ला गर्ने तर संसदलाई एउटा विधेयक पनि नदिने,’ उनले भने, ‘अनि विधेयकलाई कानून बनाउनको निम्ति चाहिने राष्ट्रियसभाको बैठक नबोलाउने ?’

उनले यो सरकार रहुन्जेल संसदको तिरस्कार र अपमान भइरहने आरोप समेत लगाए । ‘हामी स्पष्‍ट छौं- जतिदिन यो सरकार रहन्छ संसदको तिरस्कार र अपमान उपेक्षा गर्ने काम अझ बढ्दै जान्छ,’ थापाले भने, ‘किनकि प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनुछ । हामी हाम्रो ठाउँबाट डटेर संसदको गरिमा कायम राख्नका निम्ति लड्ने छौं । बाँकी जिम्मा जनताको । यथोचित समयमा जनताले यसको हिसाब किताब गर्ने छन् ।’

आफूले बनाएको संसदको अपमान गरेकोमा जनताले यथोचित समयमा बदला समेत लिने थापाको चेतावनी थियो ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ९ : २९ बजे

शुक्लाफाँटाबाट विस्थापितका समस्या समाधानको प्रयासमा सरकार

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरूको समस्या समाधानका लागि

वन्यजन्तु पर्यटन प्रवर्द्धन गर्न ‘सफारी मार्ट’

चितवन– नेपाल पर्यटन बोर्डले पहिलो पटक चितवनको मेघौलीमा ‘सफारी मार्ट’को

थापाथलीका सुकुमबासी बस्ती खाली, ६ परिवार दशरथ रंगशालामा स्थानान्तरण

काठमाडौं– थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली गरिएको

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका

पदको रवाफ देखाउने सांसदलाई कारबाही हुनुपर्छ : महावीर पुन

काठमाडौँ– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले सांसदहरू जनताको सेवक भएको