कोरोनाको जोखिमलाई मध्यनजर गर्दै कञ्चनपुर प्रशासनद्वारा विभिन्न गतिविधिमा रोक (सूचनासहित) | Khabarhub Khabarhub

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै कञ्चनपुर प्रशासनद्वारा विभिन्न गतिविधिमा रोक (सूचनासहित)


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाठौँ- जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा विभिन्न गतिविधिमा रोक लगाएको छ ।

प्रशासन कार्यालयले आज राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न गतिविधिमा रोक लगाएको जानकारी दिएको हो।

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको भन्दै प्रशासनले सीमा क्षेत्रबाट मापदण्ड बमोजिम आवत-जावत र सामान ढुवानी गर्ने समयसीमा समेत बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म कायम हुने गरी निरन्तरता दिने बताएको छ ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले एक आदेश जारी गर्दै होली लगायतका भीडभाड हुने कार्य गर्न रोक लगाएको जनाएका छन्।

आदेशमा भएको व्यवस्था अवज्ञा गरेको पाइएमा संक्रामक रोग ऐन बमोजिम कारबाही हुने जनाइएको छ ।

यस्तो छ जिल्ला प्रशासनद्वारा जारी आदेश

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ११ : २० बजे

प्रदेशको गौरव सडकमा कालोपत्र अन्तिम चरणमा

तनहुँ– गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत