भीमफेदी–कुलेखानी–सिस्नेरी सडकमा यातायात बन्द, त्रिभुवन राजपथ सञ्चालनमा « Khabarhub

भीमफेदी–कुलेखानी–सिस्नेरी सडकमा यातायात बन्द, त्रिभुवन राजपथ सञ्चालनमा


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- मकवानपुरको भीमफेदी–कुलेखानी सडकखण्ड बन्द गरिएको छ ।

सिस्नेरी–दक्षिणकाली–काठमाडौँ जोड्ने सडक आज बिहानैदेखि काठमाडौँ–हेटौँडातर्फको यातायात सञ्चालनमा रोक लगाइएको वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयले हेटौँडाले जनाएको छ ।

भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जाने यातायत अवरुद्ध हुँदा आज बिहानैदेखि त्रिभुवन राजपथबाट हेटौँडा–काठमाडौँतर्फको हलुका यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उनले निजी कार, जिप र मोटरसाइकललाई मात्र कान्तिराजपथ हुँदै काठमाडौँतर्फ जाने रुटलाई अनुमति दिइएको र आज बिहानैदेखि ती क्षेत्रबाट सामान्य यातायात काठमाडौँतर्फ प्रस्थान गरेको उल्लेख गरे ।

मदन भण्डारी राजमार्गअन्तर्गत रहेको सिस्नेरी सडकखण्डको काठमाडौँको छैमलेबाट मकवानपुरको हेबीसम्म निर्माणाधीन सडकमा अहिले कालोपत्र गर्नुपरेका कारण काठमाडौँ–हेटौँडातर्फ दैनिक यातायात सेवालाई आजदेखि आगामी जेठ २५ गतेसम्म सञ्चालनमा रोक लगाइएको वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा. सहदेव भण्डारीले बताए  ।

उनका अनुसार भीमफेदी–कुलेखानी सडकखण्डको फाखेल सडकको ढल निर्माण, सडकमा कालोपत्र गर्ने क्रममा केही हप्ताअघिदेखि फाखेल सडकखण्डबाट काठमाडौँतर्फको यातायात सेवालाई एक महिनासम्मका लागि रोक लगाइएको थियो ।

वाग्मती प्रदेश, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले भीमफेदीबाट चिसापानीगढी र हेबीसम्मको सडक विस्तार र कालोपत्र गर्न दुई चरणमा गरी रु ३४ करोड रकम विनियोजित गरिएको सो मन्त्रालयका प्रशासकीय अधिकृत हरिप्रसाद उप्रेतीले बताए  ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १० : ४५ बजे

अफ्रिकाका ५३ देशका लागि चीनको शून्य–कर घोषणा

एजेन्सी– चीनले अफ्रिकाका अधिकांश देशहरूसँग व्यापार सहज बनाउने उद्देश्यले ठूलो

इरानमाथि ठूलो हमलाको योजना तयार, हाइपरसोनिक मिसाइल प्रयोग हुन सक्ने 

एजेन्सी– अमेरिकाले इरानविरुद्ध ठूलो हमलाको योजना तयार गरिरहेको छ ।

अनिश्चित भविष्य बोकेर काम गर्न बाध्य छन् नेपाली श्रमिक 

काठमाडौं– हरेक वर्ष मे १ मा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस

एनएम निर्वाचन : काठमाडौं उपत्यका भित्र आज र भोली मतदान हुँदै 

काठमाडौं-नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि काठमाडौं

डोजरबाट जोगिन बुद्धनगरबासीले टाँसे लालपूर्जा र नक्सापास (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बुद्धनगरस्थित बागमती किनारका बासिन्दाले आफ्नो घरअगाडि भित्तामा जग्गाको