भूकम्पले भत्किएका स्वयम्भूका १७ घरको पुनर्निर्माण सम्पन्न « Khabarhub

भूकम्पले भत्किएका स्वयम्भूका १७ घरको पुनर्निर्माण सम्पन्न


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वयम्भू स्तुप परिसरका १७ वटा घर पुनर्निर्माण सम्पन्न भएका छन् । ०७२ सालको भूकम्पले जीर्ण भएका वुद्धाचार्य परिवारका ती घर बैशाख १३ गते घरधनीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

स्वयम्भू पुनर्निर्माण समिति एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलल शुक्रबार पत्रकार सम्मेलन गर्दै पुनर्निर्माणका बारेमा जानकारी दिएका थिए ।

डंगोलले भने, ‘स्वयम्भूका पुजारीका रुपमा सदियौँदेखि बस्दै आएका वुद्धाचार्य परिवारका १७ घरसँगै कर्मराज महाविहार (गुम्बा) को पुननिर्माण २ बर्षमा सकिएको छ ।

घरहरुलाई एकीकरण गरेर (हाउस पुलिङ् प्रणालीबाट) सञ्चालन गरिएको यो कार्यक्रम काठमाडौँ महानगरको पहिलो योजना हो ।

पुरातत्व विभागसँगको समन्वयमा घरलाई एउटै शैलीमा तयार पारिएको छ । डंगोलकाअनुसार यी घरहरुको किनबेच हुँदैनन् । केवल पुस्ताहरुमा हक हस्तान्तरण मात्र हुन्छ ।

यी १७ घरलाई एकीकरण गरेर महानगरले एउटै भवनको नक्सा स्वीकृत गरेको थियो ।

यी संरचनाको पुनर्निर्माण गर्न महानगरको कार्यपालिका बैठकले दुई वर्ष अघि प्रवक्ता एवं वडा १५ का वडाअध्यक्ष समते रहेका डंगोलको अध्यक्षतामा ‘स्वयम्भू पुननिर्माण समिति’ गठन गरेको थियो ।

यही समितिले पुनर्निर्माणको काम सम्पन्न गरेको हो । वडा १५ का सदस्य आनन्द गौत्तमकाअनुसार पुननिर्माणका लागि करीव १५ करोड लागत अनुमान गरिएको थियो ।

जसमध्ये १३ करोड ५२ लाख रुपैयाँमा पुननिर्माण सम्पन्न हुने चरणमा पुगेको हो । यो लागतमध्ये ३० प्रतिशत घरधनी र बाँकी १७ औँ अवतारी गुरु कर्मपा थिन्ले थाय दोर्जेले व्यहोरेका हुन् । यसका लागि वडा र कर्मराज महाविहारविच सम्झौता गरिएको थियो ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १२ : ३९ बजे

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु