भूकम्पले भत्किएका स्वयम्भूका १७ घरको पुनर्निर्माण सम्पन्न | Khabarhub Khabarhub

भूकम्पले भत्किएका स्वयम्भूका १७ घरको पुनर्निर्माण सम्पन्न


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वयम्भू स्तुप परिसरका १७ वटा घर पुनर्निर्माण सम्पन्न भएका छन् । ०७२ सालको भूकम्पले जीर्ण भएका वुद्धाचार्य परिवारका ती घर बैशाख १३ गते घरधनीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

स्वयम्भू पुनर्निर्माण समिति एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलल शुक्रबार पत्रकार सम्मेलन गर्दै पुनर्निर्माणका बारेमा जानकारी दिएका थिए ।

डंगोलले भने, ‘स्वयम्भूका पुजारीका रुपमा सदियौँदेखि बस्दै आएका वुद्धाचार्य परिवारका १७ घरसँगै कर्मराज महाविहार (गुम्बा) को पुननिर्माण २ बर्षमा सकिएको छ ।

घरहरुलाई एकीकरण गरेर (हाउस पुलिङ् प्रणालीबाट) सञ्चालन गरिएको यो कार्यक्रम काठमाडौँ महानगरको पहिलो योजना हो ।

पुरातत्व विभागसँगको समन्वयमा घरलाई एउटै शैलीमा तयार पारिएको छ । डंगोलकाअनुसार यी घरहरुको किनबेच हुँदैनन् । केवल पुस्ताहरुमा हक हस्तान्तरण मात्र हुन्छ ।

यी १७ घरलाई एकीकरण गरेर महानगरले एउटै भवनको नक्सा स्वीकृत गरेको थियो ।

यी संरचनाको पुनर्निर्माण गर्न महानगरको कार्यपालिका बैठकले दुई वर्ष अघि प्रवक्ता एवं वडा १५ का वडाअध्यक्ष समते रहेका डंगोलको अध्यक्षतामा ‘स्वयम्भू पुननिर्माण समिति’ गठन गरेको थियो ।

यही समितिले पुनर्निर्माणको काम सम्पन्न गरेको हो । वडा १५ का सदस्य आनन्द गौत्तमकाअनुसार पुननिर्माणका लागि करीव १५ करोड लागत अनुमान गरिएको थियो ।

जसमध्ये १३ करोड ५२ लाख रुपैयाँमा पुननिर्माण सम्पन्न हुने चरणमा पुगेको हो । यो लागतमध्ये ३० प्रतिशत घरधनी र बाँकी १७ औँ अवतारी गुरु कर्मपा थिन्ले थाय दोर्जेले व्यहोरेका हुन् । यसका लागि वडा र कर्मराज महाविहारविच सम्झौता गरिएको थियो ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १२ : ३९ बजे

ट्रम्प र नेतन्याहूबीच वार्ता हुँदै, इजरायल–हमास सम्झौता हुने आशा

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग

च्युरीबोटमा केन्द्रीय प्रसारण लाइनको बिजुली

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–४ च्युरीबोटमा विद्युतीकरण भएको छ ।  नेपाल

कांग्रेस बैठकमा नेताहरूले उठाएका तीन ‘स’

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ

प्रधानमन्त्रीसँग स्वीट्जरल्याण्डका विदेशममन्त्रीको भेट

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ

बागमती प्रदेशमा २० प्रतिशत धान रोपाइँ

बागमती– बागमती प्रदेशमा हालसम्म २० दशमलव ५१ प्रतिशत जग्गामा मात्र