प्रदेश–२ को नाममा ६ प्रस्ताव « Khabarhub

प्रदेश–२ को नाममा ६ प्रस्ताव


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ को नाम र राजधानी तोक्न बिहीबार प्रस्ताव दर्ता सकिएको छ । नामाकरणको लागि ६ र स्थायी राजधानीको लागि ७ वटा प्रस्ताव दर्ता भएको हो ।

नामाकरणको लागि मधेश प्रदेश नामले दुई दलले प्रस्ताव दार्ता गराएको प्रदेश सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । उनका अनुसार मध्य मधेश, मिथिला–भोजपुरा, जनक र जानकीको लागि एक/एक वटा प्रस्ताव गरी जम्मा ६ प्रस्ताव दर्ता भएका छन् ।

मधेशको लागि जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) माओवादी केन्द्रले दर्ता गराएका हुन् । मिथिला–भोजपुरा नामले कांग्रेसले दर्ता गराएका छन भने जनक र जानकी नामले नेकपा एमालेले दर्ता गराएका छन् ।

नेपाली कांग्रेसकै सांसद राजेश्वरप्रसाद साहले पार्टी भन्दा छुट्टै मध्य मधेश प्रदेशको नामले प्रस्ताव दर्ता गराएको छ । स्थायी राजधानीको लागि सातवटा प्रस्ताव दर्ता भएको छ । राजधानी तोक्न पाँच जनकपुरधाम र दुई वीरगञ्जको नामले दर्ता भएको हो ।

सत्तारुढ दल जसपा, नेकपा एमाले, नेकपा माओवादी र कांग्रेसले जनकपुरधाम प्रस्ताव दर्ता गराएका हुन् । तर, सत्तारुढ दल जसपा र कांग्रेसबाट दुई/दुई वटा प्रस्ताव दर्ता भएको हो । जसपाका सांसद सिहासन साह कलवार र कांग्रेसका शंकरप्रसाद चौधरीले वीरगञ्जको लागि प्रस्ताव दर्ता गराएका हुन् । प्रदेशसभा सदस्य उपेन्द्रप्रसाद कुशवहाले जनकपुरधाम नामले दर्ता गराएका छन् ।

हाल सतारुढ दल जसपासँग ५६ जना प्रदेशसभा सदस्य छन् । त्यस्तै नेकपा एमालेसँग २१, नेपाली कांग्रेससँग १९ र नेकपा माओवादी केन्द्रसँग ७ जना प्रदेशसभा सदस्य छन् ।

यसअघि ०७६ चैत ४ गते प्रदेशको नाम र स्थायी राजधानीका लागि सचिवालयले गरेको प्रयास असफल भएको थियो । प्रदेशसभामा नामसम्बन्धी चारवटा प्रस्ताव र स्थायी राजधानी सम्बन्धी तीनवटा प्रस्तावमाथि प्रदेशसभामा मतदान भएको थियो ।

नाम र राजधानीका लागि दर्ता गराइएका प्रस्तावमध्ये कुनै पनि प्रस्तावको पक्षमा दुईतिहाई मत आउन सकेन । यसअघिको नाम र राजधानीका लागि तत्कालीन समाजवादी पार्टी र राजपाले प्रदेशको नाम मधेश प्रस्ताव गरेको थियो ।

नेपाली कांग्रेसले मिथिला भोजपूरा प्रस्ताव दर्ता गराएको थियो भने कांग्रेसकै प्रदेशसभा सदस्य राजेश्वर साहले मध्य मधेश नाम प्रस्ताव दर्ता गराएका थिए । तत्कालीन नेकपाले जानकी नाम प्रस्ताव दर्ता गराएको थियो ।

प्रदेश सभामा कुल एक सय सात सांसद मध्ये माओवादी केन्द्रको ४ जना सांसद निलम्बन भएपछि १ सय ३ जना मात्रै छन् । नाम र राजधानीकालागि २ तिहाइ मत ६९ सासद आवश्यक पर्ने छन् ।

मधेश प्रदेशको पक्षमा उभिएका जसपा र माओवादीको सांसद जोड्दा ६२ सांसद पुग्छ । दुईतिहाइ बहुमत पुर्‍याउन थप ७ सांसद आवश्यक पर्छ ।

प्रस्तावबारे प्रदेशसभामा छलफल हुने
प्रस्तावबारे आजको प्रदेशसभा बैठकमा छलफल हुनेछ । प्रदेशसभा सचिवालयले जारी गरेको सुचना अनुसार पाँचौं अधिवेशनको दोस्रो बैठक शुक्रबार एक बजेलाई बालाइएको छ ।

बैठकमा प्रदेश प्रमुखले विधेयकका विषयमा पठाएको पत्र प्रस्तुत र राजधानी र नामाकरणको लागि दर्ता भएको प्रस्ताव टेबल हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

लामो समयपछि प्रदेश सभाको पाँचौं अधिवेशन चैत अन्तिममा शुभारम्भ भएको थियो । कार्तिक ३ गतेको बैठक पश्चात स्थगित भएको प्रदेश २ को संसद बैठक पाँच महिना चार दिनपछि यसयघि चैत ३० गते बसेको थियो ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १ : ११ बजे

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, आयोगको प्रमुख आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

आज विश्व बाघ दिवस मनाइँदै, बाघ गणनाको पछिल्लो संख्या सार्वजनिक गरिँदै

काठमाडौँ– आज विश्व बाघ दिवस मनाइँदै छ । प्रत्येक वर्ष

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै, नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।

विश्वकप लिग-२ : खराब लयमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

यी प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल