ओलीको अहंकारले लोकतन्त्र धरापमा छ – माधव नेपाल (भिडियोसहित) « Khabarhub

ओलीको अहंकारले लोकतन्त्र धरापमा छ – माधव नेपाल (भिडियोसहित)


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- नेपाल कम्युनिस्ट पार्टी एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकारले लोकतन्त्र धरापमा परेको बताएका छन् ।

शुक्रबार जनकपुरधाम पार्टी कार्यालयको मिथिला भवनमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले ओलीको दम्भले नै लोकतन्त्र धरापमा परेको बताए ।

‘ओलीको दम्भ र अहंकार धरहराभन्दा माथि पुगिसकेको छ । उनको अहंकारले पार्टीमा संकट सिर्जना भएको छ,’ नेता नेपालले भने, ‘लोकतन्त्र र कम्युनिस्ट आन्दोलन ओलीकै कारण धरापमा परेको हो ।’

हेरौँ भिडियो

ओलीले मनपरी गरेको भन्दै नेता नेपालले व्यक्तिवाद, गुटवाद व्यवहार ओलीबाटै भएको आरोप लगाए । यसअघि हिजो राजधानी काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले गुटगत राजनीति आफूलाई मान्य नहुने बताएका थिए ।

जेठ ३ मा फर्कन सुझाव

नेता नेपालले फागुण २८ को निर्णय जनताको हितमा नभएको भन्दै ओलीलाई फेरि ०७५ को जेठ ३ मा फर्कन आग्रह गरेका छन् ।

ओलीले मेरियट होटलको भेटघाटमा पदको भिक्षा मागेको आरोप लगाउँदै नेता नेपालले अयोग्य व्यक्तिलाई केन्द्रीय कमिटिको सदस्य बनाएर ओलीले मनपरि गरेको बताए ।

‘पार्टी भित्र ओली अल्पमतमा परेपछि सडकबाट मान्छे उठाएर सदस्य बनाइरहेका छन्,’ उनले भने, ‘ओलीलाई सुधार्न हामी धेरै प्रयास गरेका छौँ । तर, उनको अहंकारले सुध्रिएला जस्तो देखिन्न ।’

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १ : २१ बजे

सरकारविरोधी प्रदर्शनमा सहभागी इरानका २१ वर्षीय युवकलाई फाँसी

तेहरान- इरानमा एकजना २१ वर्षीय युवकलाई फाँसीमा चढाइएको छ। बीबीसी

रिपोर्ट भन्छ : इरानविरुद्ध अमेरिकी सैन्य कारबाही टुङ्गियो

वासिङ्टन- अमेरिकी डोनाल्ड ट्रम्प प्रशासनले इरानविरुद्ध २८ फेब्रुअरीमा सुरू भएको

बौद्धमा शान्ति र्‍यालीसहित मनाइयो २५७० औँ बुद्ध जयन्ती (तस्बिरहरू)

काठमाडौं– शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती आज

विदेशी नागरिकता लिएका १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विभिन्न देशको नागरिकता लिएर नेपाली नागरिकता

शुक्रबार बल्खु र वंशीघाटमा ६८६ संरचना हटाइँदै

काठमाडौं– बागमती नदी र त्यसका सहायक नदी किनारमा रहेका अत्यन्त