ओलीको अहंकारले लोकतन्त्र धरापमा छ – माधव नेपाल (भिडियोसहित) | Khabarhub Khabarhub

ओलीको अहंकारले लोकतन्त्र धरापमा छ – माधव नेपाल (भिडियोसहित)


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- नेपाल कम्युनिस्ट पार्टी एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकारले लोकतन्त्र धरापमा परेको बताएका छन् ।

शुक्रबार जनकपुरधाम पार्टी कार्यालयको मिथिला भवनमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले ओलीको दम्भले नै लोकतन्त्र धरापमा परेको बताए ।

‘ओलीको दम्भ र अहंकार धरहराभन्दा माथि पुगिसकेको छ । उनको अहंकारले पार्टीमा संकट सिर्जना भएको छ,’ नेता नेपालले भने, ‘लोकतन्त्र र कम्युनिस्ट आन्दोलन ओलीकै कारण धरापमा परेको हो ।’

हेरौँ भिडियो

ओलीले मनपरी गरेको भन्दै नेता नेपालले व्यक्तिवाद, गुटवाद व्यवहार ओलीबाटै भएको आरोप लगाए । यसअघि हिजो राजधानी काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले गुटगत राजनीति आफूलाई मान्य नहुने बताएका थिए ।

जेठ ३ मा फर्कन सुझाव

नेता नेपालले फागुण २८ को निर्णय जनताको हितमा नभएको भन्दै ओलीलाई फेरि ०७५ को जेठ ३ मा फर्कन आग्रह गरेका छन् ।

ओलीले मेरियट होटलको भेटघाटमा पदको भिक्षा मागेको आरोप लगाउँदै नेता नेपालले अयोग्य व्यक्तिलाई केन्द्रीय कमिटिको सदस्य बनाएर ओलीले मनपरि गरेको बताए ।

‘पार्टी भित्र ओली अल्पमतमा परेपछि सडकबाट मान्छे उठाएर सदस्य बनाइरहेका छन्,’ उनले भने, ‘ओलीलाई सुधार्न हामी धेरै प्रयास गरेका छौँ । तर, उनको अहंकारले सुध्रिएला जस्तो देखिन्न ।’

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १ : २१ बजे

भोजपुरका युवा पुरानो रीतिरिवाज र संस्कृति जोगाउन सक्रिय

टक्सार– स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको

भारतीय नेतालाई कठिन समयमा नेपालले सेल्टर दिएको थियो – प्रधानमन्त्री ओली

काठमाडौं – प्रधान केपी शर्मा ओलीले भारतको स्वतन्त्रताका लागि नेपाली

कलैया उपमहानगरले सामुदायिक विद्यालयको स्तर सुधार्न योजनाबद्ध पहल गर्ने

वीरगञ्ज– कलैया उपमहानगरले चालु आर्थिक वर्षमा यहाँका सामुदायिक विद्यालयको पठनपाठन र

ऋणमा डुबेकी पार्वती एकाएक करोडपति बनेपछि…

काठमाडौं– यही साउन २ गते शुक्रबारका दिन, घरधन्दा सकेपछि सधैँ