शिल्पा भन्दैछिन्, ‘ज्यानलाई हुन्न है खतरा’ « Khabarhub

शिल्पा भन्दैछिन्, ‘ज्यानलाई हुन्न है खतरा’


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक विक्रमजंग शाहको नयाँ गीत ‘ज्यानलाई भो खतरा’ सार्वजनिक भएको छ । गीत गायनमा विक्रमलाई अञ्जु पन्तले साथ दिएकी छन् ।

गीतमा लेखु सहयात्रीको शब्द, सुवाष भुषालको संगीत र पुरुषोत्तम सुवेदीको एरेञ्ज छ ।

भिडियोमा नायिका शिल्पा पोखरेल र डेब्यु मोडल रवीन्द्र रिमाल फिचर्ड छन् ।

मुस्ताङको रमणीय स्थान मार्फा गाउँ र धुम्बा ताल परिसरमा खिचिएको म्युजिक भिडियोमा मनोज केसीको कन्सेप्ट र सम्झना उप्रेती रौनियारको निर्देशन, गोविन्द राईले कोरियोग्राफी छ ।

रामेश्वर हुमागाईंको छायांकन रहेको म्युजिक भिडियोमा भरत रेग्मीको सम्पादन तथा रंग संयोजन छ । भिडियोमा सिता तामाङ केसीको मेकअप, राजेन्द्र कमल राईको ड्रेस डिजाइन र सुन्दर श्रेष्ठ (आइडियल)ले पोस्टर डिजाइनको काम गरेका छन् ।

भिडियो सबस्त इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

यसैबीच गायक विक्रमले यो गीतमा उत्कृष्ट टिकटक बनाउनेहरु मध्येबाट एकजनालाई गीतको दोस्रो भागमा मोडलिङको अवसर दिने बताए ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १ : ५५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल