ओलीले गठन गरेको स्थायी कमिटीमा नेपाल समूहका नेता परेनन् (भिडियोसहित) | Khabarhub Khabarhub

ओलीले गठन गरेको स्थायी कमिटीमा नेपाल समूहका नेता परेनन् (भिडियोसहित)

वामदेवसहित माओवादीबाट एमाले प्रवेश गरेका नेता थपिए


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ स्थायी कमिटी गठन गरेका छन् ।

स्थायी कमिटीमा नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका नेताहरु रामबहादुर थापा बादलसहित लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापालाई समावेश गरे पनि नेकपा एमालेकै माधव नेपाल समूहका नेतालाई समावेश गरेका छैनन् ।

हेरौँ भिडियो

स्थायी किमटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, मणि थापा, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल छन् ।

एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी गएको २८ फागुनको बैठकमा खारेज गरिएको थियो ।

बिहीबार नै नेता माधवकुमार नेपालसँग पनि ओलीले छलफल गरेका थिए । तर नेपालले ओलीसँगको वार्तापछि सहमतिको कुनै संकेत नदेखेको बताएका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १ : ५४ बजे

गाजामा युद्ध रोक्ने घोषणा गरेको इजरायलतको आक्रमण निरन्तर

काठमाडौं – इजरायली सेनाले खाद्यान्न लिनका लागि दैनिक १० घण्टा

दीपेन्द्रले सुरु गरे रामेश्वर थापाको बायोपिक ‘क्याप्टेन साब’को छायाङ्कन

काठमाडौं – निर्देशक दीपेन्द्र के खनालले बायोपिक ‘क्याप्टेन साब’को छायाङ्कन

बाँस प्रवर्द्धनमा जुटेका नगर प्रमुख भट्टराई सत्याग्रहमा

खोटाङ– खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले

सार्वजनिक लेखासहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिका बैठक बस्दै छन्

झापाको निन्दा नदीमा झोलुङ्गे पुल निर्माण

झापा– झापाको मेचीनगर–१५ ज्यामिरगढीस्थित निन्दा नदीमा झोलुङ्गे पुल निर्माण भएको