यी हुन् थाइराइडका १० लक्षण | Khabarhub Khabarhub

यी हुन् थाइराइडका १० लक्षण


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुन्दा साधारण जस्तो लागे पनि थाइराइड निकै ठुलो समस्या हो । सजिलै रोगका लक्षण नदेखिने भएकाले यो रोग पहिचानमा समस्या हुने गर्दछ । र जतिबेला यसको लक्षण देखापर्छ तब यसले निकै प्रभाव पारिसकेको हुन्छ ।

के हो थाइराइड ?
थाइराईड घाटीमा पुलती आकारमा हुने सामान्य एक प्रकारको ग्रन्थी हो । यसले थाइराइड हर्मोनको उत्पादन गर्छ । यदी उक्त हर्मोनले सही तरिकाले काम गरेन भने थाइराईडको समस्या देखा पर्ने गर्छ । यस्तोमा के के लक्षणले पहिचान गर्न सकिन्छ त थाइराइडलाई ?

१. घाँटी सुन्निने
हुनत घाँटी सुन्निनु थाइराईड मात्र नहुन पनि सक्छ । तर यदी कसैलाई बारम्बार घाटी दुख्ने, घाँटी सुन्निने समस्या छ भने थाइराइड हुनसक्छ । यस्तोमा घाँटीमा पीडा हुने, आवाजमा बद्लाव आउने, स्वर भारी हुने गर्दछ ।

२. तौलमा कमी
यदि कुनै परिश्रम बिना वा शारीरिक व्यायाम बिना कसैको तौल अचानक कम हुन्छ भने त्यस्ता व्यक्तिलाई थाइराइड भएको हुनसक्छ । थाइराईड ग्रन्थी अधिक मात्रामा सक्रिय हुदाँ पनि तौल अचानक कम हुन थाल्छ । यसले खानालाई शक्तिमा परिणत गर्ने प्रकृयामा ह्रास ल्याउँछ, जसका कारण खाना शक्तिमा परिणत हुन सक्दैन र तौल कम हुन थाल्छ ।

३. थकान
थाइराइडमा देखिने मुख्य लक्षण नै थकान हो । यदी कसैलाई शारीरिक परिश्रम बिनै थकान महसुस हुन्छ भने त्यो थाइराईडिज्मको संकेत हुनसक्छ । विशेषगरी हाइपर थाइराईडिज्ममा हुने अनिद्राका कारण शरीरमा दिनभर थकान महसुस हुने गर्छ ।

४. पेट सम्बन्धि गडबडी
हाइपो वा हाईपर दुवै किसिमका थाइराईडिज्ममा पेट सम्बन्धि समस्या निम्तने गर्छ । विशेषगरी हाइपो थाइराईडिज्म भएका मानिसहरुमा पाचनसम्बन्धि समस्या हुने गर्छ । जसका कारण उनीहरुमा कव्जीयत तथा पखालाको समस्या हुने गर्छ ।

५. महिनावारीमा गडबडी
हाइपो वा हाईपर दुवै किसिमका थाइराईडिज्ममा महिलाको महिनावारीमा गडबड हुने गर्छ । हाइपो थाइराईडिज्म भएका महिलाहरुमा ढिलो ढिलो महिनावारी हुने वा हुदै नहुने लक्षण देखा पर्छ भने हाइपर थाइराईडिज्म हुने महिलामा महिनावारी छिटो छिटो तथा आवश्यक्ता भन्दा बढी हुने गर्छ ।

६. यौन इच्छामा कमी
हाइपो थाइराइडिज्मले व्यक्तिको यौन इच्छामा समेत असर पार्दछ । यौन सम्बन्धप्रति रुची कम हुनु, हाइपर थाइराईडिज्मको लक्षण हुनसक्छ । यसमा थकान महसुस हुने, शरीर तथा मांसपेशीमा पीडा महसुस हुन, बेचैनी हुनु पनि कारक तत्व हुनसक्छ ।

७. बिर्सने समस्या
अधिक मात्रामा थाइराईको उत्पादनले मानिसको दिमागमा समेत असर पर्दछ । जसका कारण मानिसको स्मरण शक्ति कमजोर हुन थाल्दछ । यस अर्थमा यदी कसैलाई अचानक विर्सने रोग लागेको छ भने त्यो थाइराडको संकेत हुनसक्छ ।

८. बेचैनी
शरीरमा अधिक मात्रामा बेचैनी भएमा यसले थाइराईड भएको संकेत गर्दछ । विशेषगरी जब थाइराइड बढी मात्रामा सक्रिय हुन थाल्छ, त्यतिबेला शरीरले बढी मात्रामा थाइराईडको उत्पादन गर्न थाल्छ ।

जसका कारण शरीरमा तनाव तथा बैचीन उत्पन्न हुन थाल्छ । त्यस अलावा अधिक मात्रामा निद्रा लाग्नु वा अनिद्रा पनि थाइराईडको संकेत हुनसक्छ । मुड बद्लिने, जीउ आलश्य हुने, काम गर्न मन नलाग्ने पनि यसैको लक्षण हुन सक्छ ।

९. कपाल तथा छालामा परिवर्तन
थाइराईडका कारण कपाल तथा छालामा समेत समस्या उत्पन्न हुने गर्दछ । यसले कपाल रुखो हुने, झर्ने लगायतका समस्या देखिने गर्छ । त्यस्तै, छालामा पाप्रा जम्ने, छाला सुख्खा हुने लगायतका समस्या देखा पर्ने गर्दछ । छिटो छिटो कपाल बढ्नु तथा शरीरका विभिन्न अंगहरुमा कपाल पलाउनु पनि थाइराइडको संकेत हुने गर्छ ।

१०. जोर्नी तथा घुँडामा दुखाई
विना कुनै शारीरिक परिश्रम कसैमा घुडा तथा जोर्नीको दुखाई हुन्छ भने त्यो थाइराईडको संकेत हुनसक्छ । यस्ता दुखाईले दैनिकीमा असर पार्न सक्छ । सामान्य भारी उठाउदा घुडा तथा मांसपेशी दुख्ने, हात झनझनाउने वा सुन्निने समस्या भए थाइराइड हुनसक्छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  २ : ५१ बजे

‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत भाद्र

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को

सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न दुई पक्राउ

नेपालगञ्ज – बाँकेका सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको

दुर्गा प्रसाईंले भने : नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ

काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत

मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई