एमालेले उपनिर्वाचनमा रामबहादुर थापालाई उम्मेदवार बनाउने « Khabarhub

एमालेले उपनिर्वाचनमा रामबहादुर थापालाई उम्मेदवार बनाउने


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले उपनिर्वाचनमा रामबहादुर थापालाई उठाउने घोषणा गरेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको रिक्त पदमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नै उम्मेदवार बनाउने बताएका हुन् ।

आज बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले बादललाई उठाउने बताएको जानकारी गराएको बैठकमा सहभागी एक नेताले बताए ।

जेठ ६ गते राष्ट्रियसभाको रिक्त पदमा उपनिर्वाचन हुँदैछ । बादललाई माओवादी केन्द्र कारबाही गरेपछि उक्त पद रिक्त भएको हो ।

यसैबीच नेकपा एमालेले माधव नेपालसहित स्पष्टीकरण सोधिएका २७ जना सांसदहरुलाई के कस्तो कारवाही गर्ने भन्‍नेबारेमा निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ ।

महाधिवेशन आयोजक कमिटीको बैठकले स्पष्टीकरण र व्यवहार हेरेर आवश्यक निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिने निर्णय भएको हो।

एमालेले माधव नेपाल, झलनाथ खनालसहित प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोधेको थियो । तीमध्ये कर्णालीमा फ्लोरक्रस गर्ने ४ जनालाई पार्टी र संसद सदस्यबाट निष्कासन गर्ने निर्णय भएको छ ।

स्पस्टीकरण सोधिनेमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेशकुमार भट्टराई, मुकुन्द न्यौपाने, यज्ञराज सुनुवार, रामकुमारी झाँक्री, मेटमणि चौधरी, पवित्रा निरौला, झपट रावल, जीवनराम श्रेष्ठ, भवानी खापुङ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, गणेश पहाडी, जयकुमार राई, दीपकप्रकाश भट्ट, हीराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, कृष्णलाल महर्जन, सरलाकुमारी यादव र नीरादेवी जैरू रहेका छन्।

एमाले अध्यक्ष केपी ओली र नेता माधव नेपालबीच मेरियट होटलमा बुधबार र बिहीबार भएको वार्ता खासै सकारात्मक नभएपछि संस्थापन पक्षले कारबाहीको प्रक्रियालाई निरन्तरता दिएको हो।

त्यस्तै ओलीले नयाँ स्थायी कमिटी पुनर्गठन गरेका छन्। ओली गठन गरेको स्थायी कमिटीमा नेपाल–खनाल समूहका नेतालाई समेटिएको छैन।

स्थायी कमिटीमा ईश्वर पोखरलपछि रामबहादुर थापा बादललाई राखिएको छ। स्थायी कमिटीमा क्रमशः केपी शर्मा ओली, बामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महाशेठ, केशब बडाल र पुष्पराज कँडेल रहेका छन्।स्थायी कमिटीमा बाँकी सदस्यहरु पछि मनोनयन गर्ने बताइएको छ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ३ : ३७ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील