जनशक्ति नहुँदा सघन उपचार कक्ष र भेन्टिलेटर सञ्चालनमा समस्या | Khabarhub Khabarhub

जनशक्ति नहुँदा सघन उपचार कक्ष र भेन्टिलेटर सञ्चालनमा समस्या


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ– भारतबाट घर फर्केका बझाङको जयपृथ्वी नगरपालिका– ६ का ४८ वर्षीय पुरुषको बिहीबार कोरोना सङ्क्रमणले मृत्यु भयो । उनको भारतको तामिललाडुबाट चैत २९ गते बझाङ आएका थिए । उनले जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा वैशाख १ गते कोभिड एन्टिजेन विधिबाट चेक गर्दा कोरोना पोजेटिभ देखियो ।

सङ्क्रमितको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारका लागि कोहोलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भयो । कोभिड– १९ लाई लक्षित गर्दै जिल्ला अस्पताल बझाङमा सञ्चालनमा ल्याइएका सघन उपचार कक्ष र भेन्टिलेटर सेवा जनशक्ति अभावका कारण बन्द भएका छन्।

त्यसले गर्दा जटिल अवस्थाका बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेको जिल्ला अस्पताल बझाङका कोभिड सम्पर्क व्यक्ति नारायण जोशीले बताए । जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गए पनि जनशक्ति नहुँदा सञ्चालन ल्याउन नसकिएको र उपचारमा समस्या हुने गरेको जोशीले बताए ।

नयाँ वर्षका लागि घर आएका थलारा गाउँपालिकाका चार जनामा एन्टिजेन परीक्षण गर्दा सबैमा कोरोना सङ्क्रमण देखियो। आइतबार जिल्ला अस्पतालमा उपचारका लागि आएका दुर्गाथली गाउँपालिका र जयपृथ्वी नगरपालिकाका दुई जनामा लक्षण देखिएपछि परीक्षण गर्दा दुवैमा कोरोना पोजेटिभ देखियो ।

जिल्ला अस्पतालमै कार्यरत एक महिला स्वास्थ्यकर्मीमा पनि लक्षण देखिएपछि परीक्षण गर्दा सङ्क्रमण पुष्टि भयो। ती स्वास्थ्यकर्मीमा यसअघि पनि कोरोना पोजेटिभ देखिएको थियो । कोभिडविरुद्धको पहिलो मात्रा भ्याक्सिन लगाउनुभएकी उहाँलाई पहिलाभन्दा कडा खालका लक्षण देखिएको छ । सबै जना अहिले जिल्ला अस्पतालमा छन् ।

बझाङका १२ वटै स्थानीय तहको पहलमा स्थापना गरिएको पिसिआर प्रयोगशाला र प्रदेश सरकारको सहयोगमा सञ्चालनमा ल्याइएका सघन उपचार कक्ष र भेन्टिलेटर सेवा जनशक्ति अभावका कारण सञ्चालनमा ल्याउन नसकेर त्यसै थन्किएका छन् ।

सेवा सञ्चालनका लागि चार कर्मचारी आवश्यक पर्ने र सबैको सेवासुविधा अस्पताल विकास समितिले व्यहोर्न सम्भव नभएपछि सेवा बन्द गरिएको जिल्ला अस्पताल बझाङका प्रमुख डा सन्दीप ओखेडाले बताए । उनले भने, “अस्पतालमा उपलब्ध जनशक्ति र सीपकै भरमा भेन्टिलेटर सञ्चालन गर्न सम्भव भएन । सघन उपचार कक्ष र भेन्टिलेटर चलाउने जनशक्ति अस्पतालमा छैन । शुरुमा अस्पतालले सेवासुविधा व्यहोर्ने गरी कर्मचारी माग गरेका हौँ । कोही पनि आएनन् । दुर्गम भनेपछि कसैले आउन मान्दैनन् । प्रदेश सरकाले अस्पतालमा कस्तो जनशक्ति आवश्यक छ भनेर माग गरेको छ । आवश्यक जनशक्ति मागका लागि पत्र पठाउने तयारीमा छौँ ।”

प्रदेश सरकारले जनशक्ति व्यवस्थापन गर्नसके चाँडै सञ्चालनमा आउँछ । जनशक्ति नहुँदा जडान गरिएका उपकरण पनि प्रयोग गर्न नपाएको उनको दुखेसो छ ।

रोजगारीका लागि भारत गएका घर फर्कन थालेसँगै कोरोना सङ्क्रमण देखिन थालेको छ । यही दरमा सङ्क्रमित थपिँदै गए प्रदेशमा उपलब्ध स्वास्थ्य संरचनाले धान्न नसक्ने अवस्था आउन सक्ने चिकित्सक बताउँछन् ।

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका दश अस्पतालमा भेन्टिलेटर र सघन उपचार कक्ष जडान गरेको थियो । तीमध्ये सेती प्रादेशिक अस्पताल, टीकापुर, महाकाली र डडेल्धुरा अस्पतालमा मात्र उपकरण प्रयोगमा रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशका छ पहाडी जिल्ला अस्पतालमा जडान गरिएका सघन उपचार कक्ष र भेन्टिलेटर उपकरण प्रयोगमा आउन सकेका छैनन् । पाँच महीनाअघि प्रदेश सरकारको सहयोगमा पहाडी जिल्लाका अस्पतालमा अत्याधुनिक उपकरणसहित सघन उपचार कक्ष र भेन्टिलेटर जडान गरिएको थियो ।

सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि अस्पताल भरिन थालेका छन् । सङ्क्रमणदर यही गतिमा बढे केही दिनमा उपचारका लागि सघन उपचार कक्ष र भेन्टिलेटरको अभाव हुने स्वास्थ्यकर्मी बताउँछन् । सङ्क्रमितको उपचारका लागि रेफरल अस्पताल तोकिएको सेतीको कोरोना अस्पतालमा अहिले २१ जना सङ्क्रमितको उपचार भइरहेको छ ।

देशभर उपकरण सञ्चालनका लागि दक्ष प्राविधिक जनशक्ति नहुँदा उपकरण भएर पनि सेवा सञ्चालन गर्न नसकिएको प्रदेश स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताए ।

भेन्टिलेटर र सघन उपचार कक्ष चलाउन एनेस्थेसियोलोजिस्ट र क्रिटिकल केयर फिजिसियन आवश्यक पर्छ जुन देशभर कमै मात्रामा भएको उनले बताए ।

सङ्क्रमणको अवस्था सामान्य नभएकाले यस विषयमा मन्त्रालयमा छलफल भइरहेको छ । कार्यरत चिकित्सकलाई छोटो अवधिको तालीम दिएर ती उपकरण सञ्चालन ल्याउने गरी नीतिगत निर्णय गर्न मन्त्रालयसँग माग भएको जनाइएको छ । अहिले गड्डाचौकी र गौरीफन्टा नाका भएर नेपाल भित्रने अधिकांश पहाडी जिल्लाका छन् । रासस

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ४ : ०८ बजे

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न

प्रधानसेनापतिद्वारा काजी कालुपाण्डेप्रति श्रद्धासुमन

काठमाडौं–  प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका सेनापति काजीकालु पाँडेको

कर्णालीको नीति तथा कार्यक्रममा आकर्षक नारा : बसोबास गाउँमा, भविष्य आफ्नै ठाउँमा

सुर्खेत – कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को नीति

तीन महिनामा दुई लाखभन्दा बढी अफगानी पाकिस्तानबाट फिर्ता

एजेन्सी– पाकिस्तान सरकारले अप्रिलमा निर्वासन अभियान नवीकरण गरेपछि दुई लाखभन्दा

चितवन प्रहरीले थाल्यो मोटरसाइकल मोडीफाई गरी होहल्ला मच्चाउने चालकलाई कारबाही अभियान

काठमाडौं– जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाइकल मोडीफाई गरी होहल्ला मच्चाउने