जलवायु परिवर्तनका चुनौतीलाई सामना गर्न ठोस कदम चालौँ : प्रधानमन्त्री मोदी « Khabarhub

जलवायु परिवर्तनका चुनौतीलाई सामना गर्न ठोस कदम चालौँ : प्रधानमन्त्री मोदी


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो दशकलाई जलवायु परिवर्तन न्यूनीकरण उन्मुख दशकका रुपमा अघि बढाउन सबैलाई आह्वान गरेका छन् ।

भर्चुअल रुपमा बिहीबार भएको जलवायु शिखर सम्मेलनलाई सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले जलवायु परिवर्तनको चुनौतीलाई सामना गर्न सिंगो मानव समुदायले ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।

सो अवसरमा प्रधानमन्त्री मोदीले भारतले त्यसतर्फ काम गरिरहेको र सन् २०३० सम्ममा ४५० गीगावाट नवीकरणीय उर्जा उत्पादन गर्ने लक्ष्य लिएको जानकारी गराए । साथै उनले सफा उर्जा, उर्जा क्षमता, वृक्षारोपण र जैविक विविधताको क्षेत्रमा भारतले साहसिक कदम चालेको बताए ।

प्रधानमन्त्री मोदीले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन जस्ता विश्वव्यापी प्रयासलाई प्रोत्साहन गर्नु पर्ने बताए ।

“हामीले सदियौंदेखि अवलम्बन गर्दै आएको दिगो एवम् परम्परागत जीवनशैलीका कारण भारतको प्रति व्यक्ति कार्बन फुटप्रिन्ट ६० प्रतिशत भन्दा कम रहेको छ ।”, प्रधानमन्त्री मोदीले भने । उनले जलवायु परिवर्तन न्यूनीकरणमा जीवनशैलीको महत्वबारे चर्चा गर्दै पुरानै अवस्थामा फर्किने सिद्धान्तलाई पछ्याउन सबैलाई आग्रह गरे ।

सो अवसरमा प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति जो वाइडेनले ‘भारत–अमेरिका जलवायु तथा सफा उर्जा एजेण्डा २०३० साझेदारी’ को शुभारम्भ गरे । यस साझेदारीको लक्ष्य लगानीलाई परिचालन गरी प्रविधिलाई सफा एवम् वातावरण मैत्री बनाउनु रहेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ४ : २८ बजे

धरानमा बालबालिका सवार बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं- सुनसरीको धरान उपमहानगरपालिकामा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

ललितपुर महानगरको हिउँदे नगरसभा सम्पन्न : अपेक्षा अनुसार पुँजीगत खर्च भएन

ललितपुर– ललितपुर महानगरको आठौं नगरसभा (हिउँदे नगरसभा ) सम्पन्न भएको छ

ईयू–मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता

असुन्सिओन- युरोपेली सङ्घ (ईयू) र दक्षिण अमेरिकी राष्ट्रहरूको मर्कोसुर ब्लकले

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै

ओली र बालेन्द्रसँग भिड्न धरानदेखि दमकसम्म खाली खुट्टै पैदलयात्रामा श्रमका समिर

धरान- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट झापा क्षेत्र नम्बर